गृहपृष्ठ खबर बुद्धभुमि नगरपालिका वडा नं १ मा तिज गीत प्रतियोगिता सम्पन्न

बुद्धभुमि नगरपालिका वडा नं १ मा तिज गीत प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:


कपिलबस्तु,

बुद्धभुमि नगरपालिका वडा नं १ले तिज गीत प्रतियोगिता साथै हानिकारक सामाजिक मुल्य मान्यता बिरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।बुद्धभुमि नपाको टिक्करमा बुधबार एक भव्य कार्यक्रम गरी कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उट्घाटन बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले द्धिप प्रज्वलन गरी गर्नु भएको थियो । बुद्धभुमिनगरपालिका वडा नं १ की दलित महिला सदस्य तारा परियारको अध्यक्षतामा भएको कार्यक्रमको बिशिष्ट अतिथि बुद्धभुमिनगरपालिका प्रशासकिय अधिकृत मेघनाथ उपाध्याय अतिथिमा शिक्षा साखा प्रमुख लिल बहादर राउत कार्उक्रम सम्पन्न भएको हो प्रतियोगितामा बुद्धभुमि १का बिभिन्न विद्यालय संघ सस्थाको सहभागी भएका थिए नृत्य तर्फचेली सहकारी संस्था सूपादेउराली प्रगती आमा समुह शिव पार्वती आमा समुह र प्रगतिसिल आमा समुहले क्रमस प्रथम द्धितिय त्रितिय र सान्त्वना स्थान प्राप्त गरेका थिए ।
भने अभिनय तर्फ सिद्दर्थ स्मारक मा वि भेलाई , गंगा ज्योती मा वि पत्थरकोट र जनज्योति आधारभूत वि वीरपुर क्रमश प्रथम दिर्तीय र तिर्तीय स्थान प्राप्त गर्न सफल भएका छन नित्य तर्फ प्रथम दिर्तीय तिर्तीय र सान्तोना हुनेले १००००, ६०००, ५०००, ३००० र प्रमाण पत्र प्राप्त गरे भने अभिनय तर्फ प्रथम दिर्तीय र तिर्तीय हुनेले क्रमश ३०००, २००० १५०० नगद र प्रमाण पत्र प्राप्त गरे,
कार्यक्रममा समाज सेवी विरेन्द्र मिश्र सिदार्थ स्मारक मा वि प्र. डिलाराम पौडेल, गंगज्योती मा वि प्र. दलबाहादुर जी.सी, जनज्योति आ वि प्र. रविलाल घिमिरे, बुद्धभूमि वडा १ का सचिव विष्णु पौडेल लगायत विभिन्न संघ सस्थाका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
कार्यक्रमामा बोल्दै नगर प्रमुख श्रेष्ठले घरेलु हिम्सा जातीय भेदभावका विरुद्द पनि केहि अन्य कार्यक्रमहरु पनि ल्याउने र छोरा छोरी बीच विभेद नराखी सम्मान द्द्ष्टिले दुबैलाई उच्च शिक्षा प्रदान गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमको संचालन सिता बेल्बासेले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार