भदौ १२, २०७६
जिल्लाको पाणिनी गाँउपालिकामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने १ जना घाईते भएका छन ।
पाणिनी गाँउपालिका वडा नम्बर–२, लामडाँडामा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा स्याङ्गजाको कृष्णगण्डकी गाउँपालिका–७ का ४३ वर्षिय रेशम बहादुर भण्डारीको ज्यान गएको छ भने कास्कीको लेखनाथ उपमहानगरपालिका–१७ का ३० वर्षिय ठग बहादुर सेन घाईते भएका जिल्ला प्रहरी कार्यालका प्रहरी निरिक्षक सुरेश सुवेदिले जानकारी दिनुभयो ।
पाल्पाको बाटो हुँदै अर्घाखाँची आउँदै गरेका उनीहरु सवार ग १४ प ८१७४ नम्बरको मोटरसाईकल चिप्लिएर बाटो मुनी पुगेको थियो । घाईते दुवै जनालाई उपचारका लागी पाल्पा मिसन अस्पताल लगिएकोमा पछाडी बसेका भण्डारीको उपचारकै क्रममा ज्यान गएको हो भने मोटरसाईकल चालक सेनको उपचार भैरहेको छ । मोटरसाईकल प्रहरीचौकी खिदिमले नियन्त्रणमा लिएको छ ।