गृहपृष्ठ खबर ८३ किलो रक्तचन्दन बरामद

८३ किलो रक्तचन्दन बरामद

प्रकाशित मिति:

काठमाडौं । प्रहरीले ८३ किलो रक्तचन्दन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले बौद्ध–६, रामहिटीस्थित एक घरबाट सो परिमाणको रक्तचन्दन बरामद गरेको हो । भूकम्पपछि उत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको देखिएको छ ।

Ad

संयोग नै भन्नुपर्छ, लामो समयपछि तातोपानी नाका आंशिकरुपमा सञ्चालन आएपछि रक्तचन्दन बरामद भएको छ ।

स्रोतका अनुसार, प्रहरीले रक्तचन्दनसहित च्याङ्बा लामा, योन्देन ग्याङ्जु तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विस्तृत अनुसन्धानका लागि रक्तचन्दनसहित दुवै जनालाई जिल्ला वन कार्यालय बुझाउने तयारी गरिरहेको छ ।

सम्बन्धित् समाचार