गृहपृष्ठ खबर कञ्चनमा रक्तदान कार्यक्रम, हरितालिका तिजको अवसरमा महिला भलिवल प्रतियोगिता हुदै

कञ्चनमा रक्तदान कार्यक्रम, हरितालिका तिजको अवसरमा महिला भलिवल प्रतियोगिता हुदै

प्रकाशित मिति:

१२ भाद्र,कञ्चन जगिलाल थापा
कञ्चन हरैया लायन्स क्लव अफ इ्रन्टर नेश्नल र लाली गुरांस युवा क्लव,कञ्चन –३,हरैया,रुपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।रक्तदान जिवन दान भन्ने मुल नारा सहित आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५० जना रक्तदाताहरुले रक्तदान गरेका छन।


रुद्रपुरका कार्यलय प्रमुख तथा प्रहरी निरीक्षक इन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा रक्तदाताहरुलाई सम्मान पत्र प्रदान गर्दै रक्तदानले मृत्युबरणको क्षणमा पुगेका मानिसहरुको जिवन रक्षा गर्ने भएकोले हरेक ३/३ महिनामा खेर जाने स्वस्थ ब्यक्तिले नियमित रक्तदान गर्दा रक्तदाताको स्वास्थ्य राम्रो हुनुको साथै रगतको अभावमा जिवन पर्खिरहेका ब्यक्तिलाई समेत जिवनदान हुने उल्लेख गर्नु भएको छ ।
यसैगरी कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल बर्ष २०१९/२०का अध्यक्ष तथा कञ्चन गाउपालिका वार्ड नं. ४का वडा अध्यक्ष लायन दुर्गा सिंह क्षेत्रीले रक्तदान जिवनपुर्ण र अमुल्य दान भएको बताउदै रक्तदान गर्ने रक्तदाताले जिवनमा अरु बहुमुल्य सम्पत्ति दान गर्नु नपर्ने बताउनु भएको छ।लाली गुरांस युवा क्लवका अध्यक्ष तथा कञ्चन सामुदायिक संचार संस्था,कञ्चन –३,हरैयाका निबर्तमान अध्यक्ष लायन राम बहादुर थापाले कञ्चनमा रक्तदानको अभियान गुरांस युवा क्लवले शुरु गरेको र शुरुको अवस्थामा रक्तदान गर्नु पर्छ भन्ने चेतनाको अभाव थियो तर आज त्यो अभियानले मृत्युको मुखमा पुगेका मानिसहरुलाई रगतको अभाव हुन नदिई पुर्नजिवन दिएर अभियान सार्थक बनेको बताउनु भको छ ।
कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल बर्ष २०१९/२०का अध्यक्ष तथा कञ्चन गाउपालिका वार्ड नं. ४का वडा अध्यक्ष लायन दुर्गा सिंह क्षेत्रीको अध्यक्षता लाली गुरांस युवा क्लवका अध्यक्ष तथा कञ्चन सामुदायिक संचार संस्था,कञ्चन –३,हरैयाका निबर्तमान अध्यक्ष लायन राम बहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन कञ्चन हरैया लायन्स क्लव अफ इन्टर नेश्नल बर्ष २०१९/२०का सचिव लायन गणेश आचार्यले गर्नु भएको थियो । रक्त संचार बुटवलको प्राबिधिक सहयोगमा संचालन गरिएको रक्तदान कार्यक्रम कञ्चन गाउपालिका वार्ड नं. ४को परिसरमा भएको थियो ।

सम्बन्धित् समाचार