गृहपृष्ठ खबर कपिलवस्तु हस्पीटालिटि म्यानेजमेन्ट इन्ष्टिन्युट जितपुरमा सञ्चालन

कपिलवस्तु हस्पीटालिटि म्यानेजमेन्ट इन्ष्टिन्युट जितपुरमा सञ्चालन

प्रकाशित मिति:

जितपुर(कपिलवस्तु) भदौ ।
कपिलवस्तुको बाणगंगा नरपालिका चार नः जितपुरमा कपिलवस्तु हस्पीटालिटि म्यानेजमेन्ट इन्ष्टिन्युट सञ्चालनमा आएको छ । कपिलवस्तु जिल्लामै पहिलो पटक होटेल म्यानेजमेन्टका कक्षा सुरु गर्ने उदेश्यले इन्ष्टिन्युट सञ्चालनमा आएको हो । उद्यघाटन कार्यक्रममा बोल्दै प्रदेश नःः ५ प्रदेशका प्रदेश सभा सदस्य बिष्णु पन्थीले युवाले सिकेको ज्ञान सिपलाई स्वदेशमै लगाउन सके देशले छिट्टै बिकासमा भड्को मार्ने बताए । दक्ष जनशतिm बिदेश पलायन हुनु दुखत भएको बताउदै स्वदेशमै युवालाई राजगारीका लागी सवैले प्रोत्साहन गर्न आवश्यक रहेको बताए । सिकेको सिपलाई कपिलवस्तुका युवाले यही केही गर्न सकिन्छ भन्ने लागेकोमा धन्यवाद दिदै सफलताको कामना गरेका थिए । कार्यक्रममा बाणगंगा नगरपालिका उपप्रमुख चक्र अर्याल, वडा नः ४ का अध्यक्ष गणेश बहादुर क्षेत्री, होटेल व्यवसायी सघं कपिलवस्तुका अध्यक्ष गोपाल बहादुर खत्री , ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशी, कपिलवस्तु उद्योग बाणिज्य सघंका उपाध्यक्ष छवि रेश्मी मगर, पत्रकार भेषराज पाण्डे, अशोक पौडेल लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । प्रविण खत्री, विवेक मरासिनि र रविन अर्यालको सयुतm लगानीमा इन्ष्टिन्युट सञ्चालनमा आएको हो ।

कार्यक्रममा बोल्दै सञ्चालक विबेक मरासिनिले व्यवसायीक रुपमा होटेल सञ्चालनका गर्दा आवश्यक पर्ने सम्पुर्ण सिप सिकाउनुका साथै एचएमका हरेक कक्षा सञ्चालन गरीने उनले बताए ।

सम्बन्धित् समाचार