गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा मोती जयन्ती मनाइयो

कपिलवस्तुको बाणगंगामा मोती जयन्ती मनाइयो

प्रकाशित मिति:

वैखरी अनलाइन कपिलवस्तु
मोती जयन्तीको अवसरमा कपिलवस्तुको चार नः जितपुरमा पनि एक कार्यक्रममको आयोजना गरी मनाइएको छ । बाणगंगा समुदायिक पुस्ताकालय बाणगंगा र दधि स्मृतिको सयुतm आयोजनामा १५५ औ मोती जयन्ती तथा २०५ औ पुस्ताकालय दिवस कार्यक्रम कपिलवस्तुको बाणगंगामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा विभिन्न ब्यतिmहरुले मोतिराम भट्टले नेपाली साहित्य जगतमा पु¥याएको योगदानको चर्चापरिचर्चा गरेका थिए । सो अवसरमा अर्जुन सर, सागर बेल्बासे, कृष्ण भट्टराई, राधा पाण्डे लगायतले आआाफनो प्रस्तुती राखेका थिए । दिलिप कार्कीको अध्यक्षता , बाणगंगा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईको प्रमुख आथित्यता र धर्मराज घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा न ४ का अध्यक्ष गणेश बहादुर क्षेत्री, बाणगंगा शिक्षा शाखा अधिकृत खिम बहादुर जिसि, समाजसेवि दोलकराम घिमिरे, दोलक बहादुर पछाई पत्रकार भेषराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार