गर्मी मौसममा तिर्खा मेटाउन चिसो पानी पिउन सबैलाई मन पर्छ तर धेरै चिसो पानी पिउनु शरीरका लागि नकारात्मक असर पर्न सक्छ ।गर्मी मौसममा प्राय सबैको घरमा फ्रिजमा राखिएको पानी पिउने चलन हुन्छ यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ ।
यसका बेफाइदाहरु के – के रहेछन् :
१. धेरै चिसो पानी पिउनाले रक्तनलीहरु खुम्चिन्छन् जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ । यसले खानेकुरा राम्रोसंग पच्दैन र आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।
२. फ्रिजमा राखेको चिसो पानी तथा बरफहरुको सेवन गर्नाले मुटुको धड्कनमा असर पार्छ यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ ।
३. धेरै चिसो पानी पिउनाले शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ जसले खानेकुरामा भएका पोषक तत्व शरीरले सबै प्राप्त गर्न सक्दैन ।
४. धेरै चिसो पानी पिउनाले घाँटीमा असर गर्छ । यसले घाँटीका मांशपेशी तथा कोशिकाहरुमा असर पर्नुका साथै संक्रमणको खतरा हुन्छ ।
थप जानकारीः
दिनमा पानी कति पिउनुहुन्छ, हेर्नुहोस् पानीका फाइदा/वेफाइदा
पेट भरिएको होस् वा खाली, जुनसुकै समयमा पनि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हो। पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ। पानी कुनै रोगको उपचार नभए पनि यसले पेटको सफाइ गर्ने काम गर्छ।
मानिसलाई लाग्ने अधिकांश रोगको घर पेट नै हो। बिहान उठेर खाली पेटमा पानी पिउँदा स्वास्थ्यका लागि अझ बढी फाइदाजनक हुने जनरल फिजिसियन डाक्टर मनोज यादव भन्छन्।
पानी शरीरका लागि अत्यावश्यक पेय पदार्थ हो। विभिन्न खाद्यपदार्थबाट पनि पानीको मात्रा पाइन्छ। तर, यतिले मात्र शरीरका लागि पानी पर्याप्त हुँदैन।
हाम्रो शरीरको ७० प्रतिशत अंग पानीले बनेको हुन्छ। पानी धेरै उद्धेश्यका लागि प्रयोग गरिन्छ। खाना पकाउने, कपडा धुने, नुहाउने सबै कामका लागि पानीको आवश्यकता पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा पिउने पानीको हो।
सामान्य व्यक्तिले (पुरूष या महिला) दिनमा दुई देखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर यो एकै चोटी पिउनु हुँदैन। यसको लागि यही समय भन्ने पनि छैन। पिसाब पहेँले हुनु हुँदैन। पिसाब पहेँलो छैन भने शरीरमा पानीको मात्रा कमी छैन भन्ने बुझ्न सकिन्छ।
यदी तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ। यसको मतलब यो होइनकि तिर्खा लाग्नासाथ १ लिटर,२ लिटर पानी खाइहाल्नुपर्छ। धेरै पानी एकैचोटी पिएमा बमिट हुन सक्छ। पेट फुले जस्तो हुन्छ शरीरलाई असहज हुन्छ।
दिनमा यति पानी पिउने भनेर कुनै नियम छैन । मानिसको शारीरिक बनावटअनुसार पानीको आवश्यकता पर्छ । सामान्यतया प्यास लाग्दा पानी पिउने गरिन्छ । मानसिक थकान वा तनाव हुँदा पनि छिनछिनमा पानी पिउने गर्छन् ।
तर, यतिले मात्र शरीरमा पानीको मात्रा पुग्दैन । इन्स्टिच्युट अफ मेडिसिनले गरेको एक अध्ययनले युवा अवस्थामा पुरुषलाई प्रतिदिन तीन र महिलालाई दुई दशमलव दुई लिटर पानी पिउनुपर्ने बताएको छ । धेरै गर्मी छ शरीरमा पसीना आएको छ अथवा काम गरिएको छ भने पानीको मात्रा बढाउनुपर्ने पनि हुन्छ।
कस्ता व्यक्तिले पानी बढी पिउने
किड्नीको बिरामीले भने पानीको मात्रा बढाउनुपर्छ। किड्नीको बिरामीले एक दिनमा कति पिसाब फेर्छ त्यो भन्दा पाँच सय एमएल बढी पानी पिउनुपर्छ। यस्ता बिरामीले डाक्टरको सल्लाहमा पानीको मात्रा मिलाउनुपर्छ।
मधुमेहका बिरामीले पनि पानी धेरै खानुपर्ने भएकोले डाक्टरको सल्लाह बमोजिम पानी खानुपर्छ। मधुमेहको मात्रा अनुसार पानीको मात्रा घटाउने बढाउने गर्नुपर्छ।
पखाला लागेको बेलामा पानी यती नै मात्रामा खाने भन्ने हुँदैन। शरीरले आवश्यक ठाने जति पानी पिउनुपर्छ। स्वच्छ पानीले नै हो पखला निको पार्ने। पखाला लागेको मान्छेको शरीरमा पानीको अभाब भएको कारण नै मृत्यु हुन्छ।

पानी कति बेला पिउने ?
एक पटकमा कति पानी पिउने र कति कति बेला पिउने भन्ने जिज्ञासा पनि लाग्न सक्छ। एक पटकमा एक गिलास पानी पिउनु राम्रो हुन्छ। बढी पिएमा दुई गिलाससम्म पिउन सकिन्छ।
पानी उठ्ने बित्तीकै पिएको राम्रो हो। सामान्यत सबैले बिहान उठ्नसाथ पानी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। ग्याष्ट्रिकको समस्या हुनेले अनिवार्य जस्तै हो। राति पानी पिउँदा केही बिग्रिदैन। तर, पिसाबको समस्या हुनेले नपिएको राम्रो हो।
खाना खाने समयमा पानी नखाएकोनै राम्रो हो। शरीरको तौल घटाउन चाहनेहरुले भने खाना खानुभन्दा आधा घण्टा अगाडि एक दुई गिलास पानी पिउँदा राम्रो हुन्छ। पानी खाएर खाना खाने हो भने खाना थोरै रूच्छ।
खाना खाएको समयमा पानी खाने हो भने खाना राम्रोसँग रुच्दैन त्यसैले पानी पिउँनु हुँदैन भनिएको हो तर पिउन नै नहुने त्यस्तो कुनै कारण भने छैन।
पानी कुन समयमा खाने भन्ने केही छैन। तिर्खा लागेको समयमा पिउन सकिन्छ। एकैचोटी धेरै पानी पिउन भने हुँदैन। पानी कति पिउने भन्ने कुरा आफू बसेको ठाउँको हावापानीले पनि फरक पार्छ। काठमाडौंमा बस्नेहरुले दिनमा डेढदेखि दुई लिटरसम्म पानी पिए पनि हुन्छ। धेरै गर्मी छ भने पानीको मात्रा बढाउनुपर्छ।
पानीको मात्रा बढी भयो भने मष्तिष्कको लागि पनि राम्रो हुन्छ। पानीको अभाब भयो भने मान्छे थकित हुने काम गर्न जाँगर नहुने हुन्छ। रक्सी खानुभन्दा पहिला कम्तीमा आधा लिटर पानी खायो भने त्यसको असर कम हुन्छ। भोलिपल्ट ह्याङ पनि कम हुन्छ।
पानीको कारण टाउको दुःखेको कम हुन्छ। पाचन प्रक्रियामा समेत पानीले सहयोग गर्छ। कब्जीयत हुन नदिने, शरीरको तौल घटाउनका लागि पानी अति उपयोगी हुन्छ।
पानी धेरै खाएमा किड्नीले फिल्टर गर्न समस्या आउन सक्छ।एउटा मान्छेले बढीमा ६ लिटरसम्म पानी पिउदा शरीरलाई हानी गर्देन। तर, पानी सफा हुनुपर्छ।
पानी तातो चिसो भएर केही फरक पर्देन तर पानी सफा भने हुनुपर्छ। एलर्जीको समस्या हुनेहरुले भने चिसो पानी पिउँनु हुँदैन। पानीमा आइस हालेर पिउनु राम्रो मानिदैन।
यती उमेर समूहले यती पानी पिउने भन्ने केही पनि छैन। पानी सफा हुनुपर्यो सकेसम्म उमालेर फिल्टर गरियो भने त्यो धेरै राम्रो हुन्छ। खुट्टा सुनिने समस्या भएकाले, दम, मुटुका रोगीले भने धेरै पानी पिउँनु हुँदैन। यसको लागि चिकित्सकको सल्लाह लिनुपर्छ।
स्वच्च पानी नपिउँदा के हुन्छ?
स्वच्छ पानी नपिउने हो भने शरीरमा बिभिन्न खाले रोग लाग्छ। पानीको अभावमा नै पखला,ज्वरो र उल्टी हुन्छ। पखला लागेका व्यक्तिले अझै बढी पानी पिउनुपर्छ। संसारमा पाँच वर्षमुनीका बालबालिकाको ज्यान जाने दोस्रो रोग नै पखला हो। पहिलो रोग भने निमोनिया हाे।
एक दिनमा पानी कति पिउने ? कति कति बेला पिउने ?
पानी स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा हामीलाई थाह नै छ । तर कतिवेला कति मात्रामा पानी पिउने भन्नेकुरा सबैलाई थाह नहुन सक्छ ।
चिकित्सकहरुले सामान्य त प्रत्येक दिन ठूलो गिलासको आठ गिलास पानी पिउन सल्लाह दिने गर्दछन् तर त्यो पानी कतिवेला पिउनु पर्छ भनेर बताएका हुँदैनन । तर हामीले केही विज्ञसंग यसबारेमा कुरा गरी पानी पिउने ठीक समयको बारेमा जानकारी लिने कोषिश गरेका छौँ ।
कतिवेला पिउने पानी ?
विहान उठनासाथ एक गिलास पानी पिऔँ
विहान उठनासाथ एक गिलास पानी पिउनु राम्रो हुन्छ । यसले शरीरका अंगहरुलाई क्रियाशिल बनाउँछ । विज्ञहरुका अनुसार विहानको खाजा खानु अघि नै पानी पिउन सकियो भने शरीरका विषाक्त पदार्थ शरीरबाट निकाल्न सहज हुनेछ ।
खाना खानु भन्दा पहिले एक गिलास पिउँ
खाना खानुभन्दा आधा घण्टा पहिले नै कम्तीमा एक गिलास पानी पिएको राम्रो मानिन्छ । यसले पाचन प्रणालीलाई सहयोग पुरयाउँने विज्ञहरु बताउँछन् ।
खाना खाएपछि एक गिलास पानी पिउँ
खाना खाएपछि एक गिलास पानी पिएको राम्रो यसले शरीरको पाँचन शक्तिलाई थप सहयोग पुरयाउँछ । तर अति पहिला र अति पछि चाहि नपिएको राम्रो ।
नुहाउनु भन्दा अघि एक गिलास पानी पिएको राम्रो
नुहाउनु अघि एक गिलास पानी पिउँदा रक्तचापको स्तर ठिक हुनजान्छ । यसैले नुहाउनु अघि पनि एक गिलास पानी पिएको राम्रो मानिन्छ ।
सुत्नु अघि एक गिलास पानी पिउनु राम्रो
सुत्नु भन्दा अघि एक गिलास पानी पिउँदा रातीको समयमा शरीरमा हुनेवाला पानीको नोक्सानको पूर्ति हुनसक्छ । त्यसैले सुत्नु अघि एक गिलास पानी पिएको राम्रो मानिन्छ ।
तर विज्ञहरुले यो पनि भनेका छन् कि शरीर, बाताबरण, काम अनुसार पनि पानी पिउने मात्रा र समय फेरबदल गर्न सकिन्छ । जस्तै कडा शारीरिक परिश्रम गर्ने व्यक्तिका लागि ८ गिलास पानी पर्याप्त नहुन सक्छ ।
गर्मी ठाँउमा बस्ने व्यक्तिका लागि पनि सो मात्रा नमिल्न सक्छ । बच्चा र बृद्धको तुलनामा युवाहरुका लागि पानी धेरै चाहिन सक्छ । त्यसैले माथिको मापदण्डमा आवश्यकता अनुसार थपघट गर्न सकिन्छ ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।
साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।