गृहपृष्ठ खबर नेपाल तरुण दल ठाकुरापुर टोल समितीद्धारा नवनिर्मीत २ कोठे घर हस्तान्तरण

नेपाल तरुण दल ठाकुरापुर टोल समितीद्धारा नवनिर्मीत २ कोठे घर हस्तान्तरण

प्रकाशित मिति:

हरि घिमिरे भदै १४
″सामाजिक कार्यका लागि हाम्रो हभियान″ भन्ने उदेस्यका साथ नेपाली कांग्रेसको भाद्रि संगठन नेपाल तरुण दल बाणगंगा वडा नम्बर ४ ठाकुरापुर टोल समितीले उदारणिय कार्य गरेको छ । लामो समयदेखि गरबीको चपेटा मुनि रहेकि बाणगंगा ४ ठाकुरापुरकी सिउटीनिहा थारुको लागि नेपाल तरुण दल ठाकुरापुर टोल समितीले २ कोठे जस्ताले छाएको घर निर्माण गरिदिएको हो । नवनिर्मित घरलाई शनिबार एक कार्यक्रमकाबीच सिउटीनिया थारुलाई हस्तान्तरण गरिएको छ । घरसंगै सिउटनीयाको परिवारलाई एक सेट सिरक, डसना, एक बोरा चामल लगायत घरमा आवश्यक पर्ने आधारभुत सामग्रीहरु कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दल जिल्ला सभापति शक्ति सिँह ठकुरी, नेपाल विद्यार्थी संघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेल ,तरुण दल बाणगंगा वडा नम्बर ४ का अध्यक्ष अमर थापा लगाएतले हस्तानतरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शीक्त सिहँ ठकुरीले कपिलवस्तुको तरुण दलबाट देशभरीका नेता तथा कार्यकर्ताले केहि सिक्नु पर्ने जरुरी रहेको बताउदै नेपाल तरुण दल कपिलवस्तुले जिल्लाका बिभिन्न स्थानमा गरिब तथा विपन्नवर्ग हरुको लागि धेरै सह्रानिय काम गरेको र आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने बताए । बाण्गंगा वडा नम्बर ४ मा एक महिना अघि निर्माण गरिएको संगठनले यति छोटो समयमा यति ठुलो कार्य गरेकोमा सबैलाई धन्यबाद व्यक्त गरे । ठकुरिले गरिब निमुखा जनताको नाममा नेता बनेर हिड्ने काम केहि नर्गने त्यस्ता बोक्रे नेताहरुको लागि लेपाल तरुणदल च्यालेन्ज गर्दै अगाडि बढेको बताए ।

त्यस्तै विशिष्ट अतिथि नेपालि कांग्रेसका जिल्ला सदस्य रवि काफ्लेले विपीको राजनैतिक सिद्धान्तलाई भर्खरै निमार्ण भएको ठाकुरापुर टोल समितीले उल्लेखनिय कार्य गरि दुई तिहाईको सरकार लाई लाजमर्दो गराएको बताए । साँच्चै विपीको प्रजातान्त्रिक समाजबादले जस्तै समाजका विपन्न र्वगहरु लाई माथि नउठ्याएसम्म देशको विकास सम्भब नभएको बताए ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि टेक बहादुर शाहीले देश अराजकता तर्फ ढल्कीएको बेला नेपाल तरुणदल ठाकुरापुर टोल समितिले देशमै अहिले सम्म कसैले गर्न नसकेको काम गरिरहदा बोल्ने मात्र नभई गरे पछि केहि हुने कुरामा सबैलाई जानाकारि गराए । शाहिले आफ्ना कार्यकता हरुलाई पनि कसैले कस्ौलाई टिप्पणी नर्गन आग्रह गरे ।

नेपाल महिला संघकी केन्द्रिय सदस्य इन्दिरा भट्टराइले नगरमा भएका अझै जतिपनि विपन्नवर्ग हरुछन तिनहिरुलाई सहयोग गर्नका लागि आफुहरु जुनसुकै क्षेत्रबाट तयार रहेको बताईन ।

क्षेत्रीय कार्यसमिति सदस्य कृष्ण मुरारी ज्ञवालीले पनि कार्यकर्ता ठिक भएर नेतृत्वलाई सुधार्नु पर्ने आवश्यकता देखिएको बताए । गलत ब्यक्ति नेतृत्वमा पुग्दा देश लथालिंगको अवस्थामा पुगेको भन्दै उहाँले रुखमा पलाएको ऐजेरुले रुखलाई पुरै सखाप पार्ने हुदाँ कम्युनिष्टलाई पनि ऐजेरुको संज्ञा दिए ।

बाणगंगा नगरका कार्यबहाक सभापति विष्णु थापाले कपिलवस्तुका तरुणदलको कामले अन्य जिल्लाका कार्यकर्ता हरुलाई पनि केहिँ हद सम्म सक्रिय गराउन सहयोग पुगेको र अगामि दिनमा पनि अझै उत्कृष्ट कार्य गरि त्यस्ता अराजक तत्वहरु लाई लज्जीत पार्न आग्रह गरे ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले तरुण दललको अभियानले सिंगो नगरमानै नयाँ सन्देश दिएको बताए ।

त्यस्तै समाजसेवी दिलीप कार्कीले कार्यक्रममा बोल्दै कांग्रेस विग्रनुको दोष नेतृत्वमा रहेको भन्दै असन्तुष्टि जनाएका थिए । कार्यक्रममै कार्र्काीले सो भवनका लागि १० हजार दिएका छन ।

कांग्रेसका युवा नेता चन्द्रकान्त पोख्रेलले गरिब तथा दीन दुखिहरुको दुखमा महलम लगाउने आफूहरुको अभियान भएकाले यसमा साथ दिन सबैलाई आग्रह गरेका छन । तरुण दलका क्षेत्रीय सभापति तिलक थापाको स्वागत, नेपाल विद्यार्थि संघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रलको संचालनमा कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा करिब डेढ सयको जतिको उपस्थीति रहेको थियो ।

सम्बन्धित् समाचार