गृहपृष्ठ खबर हरीहर उच्च माध्यमिक विद्यालय जग्गा प्रकरण, करोडौँकाे चलखेल

हरीहर उच्च माध्यमिक विद्यालय जग्गा प्रकरण, करोडौँकाे चलखेल

प्रकाशित मिति:

 अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा रहेको ऐतिहासिक हरिहर उच्च माध्यमिक विद्यालयको जग्गालाई कपिलवस्तुको बैरियामा रहेको जग्गा साटफेर गर्ने चलखेल चलिरहेको भित्री रहस्य खुलासा भएको छ । हरिहर उच्च माध्यमिक विद्यालयको कम्पाउण्डसँग जोडिएको जग्गालाई कपिलवस्तुमा रहेको ३२ बिघा १८ रोपनी १७ धुर जग्गासँग साटफेर गरेर करोडौँ रुपैयाँ झ्वाम पार्ने चलखेल भईरहेको एक स्थानीयले बताए ।

समाजवाद डट टिभीको सम्पर्कमा आएका ती स्थानीयले भने, पाणिनीमा रहेको सस्तो जग्गालाई कपिलवस्तुको महँगो मुल्यको जग्गासँग साटफेर गरेर करोडौँ हिनामिना गर्न खोजिएको छ । यसमा स्थानीय तहदेखि माथिल्लो तहका नेताहरुको पनि संलग्नता रहेको देखिन्छ । समाजवाद डट टिभीले पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमसँग यो बिषयमा जानकारी लिन खोज्दा विद्यालयलाई आवश्यक परेकाले यो निर्णय गरिएको बताए ।

तर समाजावाद डट टिभीक सम्पर्कमा आएका ती स्थानीयले भने अहिलेसम्म यो बिषयमा कसैलाई जानकारी नदिई गुपचुप रुपमा कपिलवस्तुको ३२ बिघा बढी सार्वजनिक जग्गासँग पाणिनीको ५२ रोपनी जग्गा समान मुल्य बनाएर साटफेर गर्न गाउँपालिका अध्यक्षले चलखेल गरेको दाबी गरे । हरिहर माध्यमिक विद्यालय १९९४ मा स्थापित भएको जिल्लाकै पुरानो विद्यालय हो ।

यो प्रक्रिया अघि बढाउँदा स्थानीइलाई समेत जानकारी नदिईएको घटनाले निम्नलिखित आशंका उब्जाएको छ । 
१) कपिलवस्तुको बैरियाको जग्गा चल्तीको मुल्यमा खुल्ला प्रतिस्पर्धामा बिक्रि गर्ने बाटो खुल्ला गर्ने कि नगर्ने यस बिषयमा चलखेल हुने प्रशस्त ठाउँ रहेको छ । 
२) हरिहर उच्च माध्यमिक विद्यालयको कम्पाउण्डसँग जोडिएको जग्गा समुचित मुल्यमा बिक्रि वितरण गर्ने कि नगर्ने ?
३) जग्गा आर्जन गर्दा सार्वजनिक जवाफदेहिता राख्ने कि नराख्ने भन्ने जस्ता आशंका जन्माएको ती स्थानीयले बताए ।

सम्बन्धित् समाचार