गृहपृष्ठ खबर चन्द्रौटा मालपोतका कर्मचारीले सेवाग्रही कुटे

चन्द्रौटा मालपोतका कर्मचारीले सेवाग्रही कुटे

प्रकाशित मिति:

कपिलवस्तु भाद्र १८ कपिलवस्तुको चन्द्रौटामा मालपोत कार्यालयका कर्मचारीद्धारा सेवाग्रही कुटीएका छन । मालपोतका कम्प्युटर अमित कुमार अग्रहरीले सेवाग्रहीलाई मुक्का प्रहर गरी कुटेका हुन । मालपोतका कर्मचारी अग्रहरीले कपिलवस्तु शिवराज नगरपालिका वडा नं ६ पिपरी वस्ने बर्ष २५ का हरि नारायण मौर्या माथी मुक्का प्रहर गरेका हुन । फाइल कम्प्यूटमा इन्ट्रि गराउन गएका मौर्या र अग्रहरी विच सामान्य विवाद पछि हातपात भएको प्रत्यक्षदर्शिले बताएका छन । कम्प्यूटर अपरेटको रुपमा काम गर्दै आएका अग्रहरीको कार्यशैलि प्रति सेवाग्राहीको गुनासो भने पहिलेबाट नै आउने गरेको थियो । दैनिक जसो भिडभाड रहने मालपोत कार्यालयमा क्रमै संग काम गर्ने क्रममा मौर्याले आफ्नो काम छिटो गरिदिन भन्दै अपशब्द बोलेको र उसलाई बाहिर जान अनुरोध गर्दा अटेरी गरी आफु माथी पहिले मौर्या हातपात गरेको अग्रहरीले बताएका छन । मौर्याको मुखमा चोट लागेको छ । काम गराउने क्रममा कम्प्युटर अपरेटर अग्रहरीले रकम माग गरेकोले भनाभन हुदा उनले मुक्का प्रहर गरेका हुन । मालपोत कार्यालय चन्द्रौटाका प्रमुख टिकाराम पौडेलले सेवाग्रहीसगँ भएको विवादलाई दुबै पक्षको छलफल गरि समाधान गरिने बताएका छन । सेवाग्रहीले काम छिटो गराउन दिने दवावका कारण तनावमा रहेका कर्मचारीलाई लेखापढि गर्नेले पछि भित्र पसि काम गराउन आवेगमा आएर यस्तो घटना भएको हुनसक्ने उनले बताएका छन । हातपात भएका मौर्या लेखापढिको काम गर्ने र सेवाग्राहीको फाइल लिएर गएको उनले बताए । कर्मचारी अभावमा एउटै कर्मचारीले धेरै काम गर्नु पर्ने हुदाँ सेवाग्राहीको काममा केहि ढिलासुस्ती हुन गएको उनले स्वीकार गरेका छन । कर्मचारी थप गर्नका लागी विभागमा खबर गरिसकेको समेत प्रमुख पौडेलले बताए । कर्मचारीले अनियमित रकम लिएको सेवाग्राहीको गुनासो आफु समक्ष नआएको जनाउदै पारदर्शि रुपमा काम भइरहेको प्रमुख पौडेलले जिकीर गरे । सेवाग्रही आफैले पनि फाइल लिएर नगइ लेखापढि गर्नेलाई पठाउने हुदाँ सेवाग्राही भन्दा लेखापढि व्यवसायीहरुको भिड हुने गरेको उनले स्वीकार गरे । मालपोत कार्यालयमा कर्मचारीले बाहेक अरुले फाइल खोज्ने यताउता गराउन नपाउने भए पनि चन्द्रौटा मालपोत कार्यालयमा भने सेवाग्रही फाइल खोज्ने देखि अन्य कामहरु लेखपढि व्यवसायीहरुले अझै पनि गर्दै आएका छन ।

सम्बन्धित् समाचार