वैखरी अनलाइन
शुभावती गुप्ताको निधनमा नेपाली काग्रेस बाणगंगा वडा नः ५ ले शोक सभा आयोजना गरेको छ । नेपाली काग्रेसका क्षेत्रीय प्रतिनिधि वडा नः ५ निवासि कल्लु प्रसाद गुप्ताकी श्रीमति शुभावती गुप्ताको निधनमा नेपाली काग्रेस वडा नः ५ ले उनकै निवासमा शोक सभा आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका नेता दिप कुमार उपाध्यायले गुप्ताको निधनले पार्टीलाई ठलो असर परेको बताउदै कल्लु थारुको राजनितिकि सफलतामा उनकी श्रीमतिको भुमिकाका बिषयमा बताए । शोक सभामा नेपाली काग्रेस क्षेत्रीय सभापति कका शालिकराम थारु, महाधिवेश प्रतिनिति दनिका भुसाल, पुर्व महासमिति सदस्य दोलकराम घिमिरे, जिल्ला नेता रुक बहादुर भुसाल लगायतकोे कार्यक्रममा सहभागिता रहेको थियो । शालिकराम पौडेलको अध्यक्षता , ज्ञानु कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।











