गृहपृष्ठ खबर डेंगु रोगको शंका लागे कपिलवस्तुको पिपरा अस्पतालमा निशुल्क परिक्षण

डेंगु रोगको शंका लागे कपिलवस्तुको पिपरा अस्पतालमा निशुल्क परिक्षण

प्रकाशित मिति:

राधा पाण्डे
जितपुर, भदौ २०

वाणगंगा नगरपालिकाको कार्यपालिका बैठक शुक्रबार विभिन्न विषयमा सम्बन्धित रहेर छलफल गरी सम्पन्न भएको छ । बैठकमा विभिन्न महत्वपूर्ण ४ वटा विषयवस्तुमा केन्द्रीत रहेर छलफल गर्दै निर्णय गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
कार्यपालिका बैठकले देशैभर डेंगुको प्रकोप फैलिरहेको अवस्थामा यसको निशुल्क परिक्षण गर्ने भएको छ । डेंगु रोग लागेको शंका लागेपछि बुटवल लगायतका स्थानमा जानुपर्ने बाध्यतालाइ चिर्दै कपिलवस्तुको पिपरा अस्पतालमा यसको निशुल्क परिक्षण हुने बताएको छ । वाणगंगा नगरपालिकाले यसमा गम्भिर चासो दिँदै भदौ २१ गते शनिबार देखि नै पिपरा अस्पतालमा निःशुल्क परिक्षण गरिने समेत जानकारी दिएको छ ।

यस्तै थारुहरुको महान् पर्व बड्कीको अवसरमा भदौ २२ गते वाणगंगा नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरुलाई विदा दिने निणर्य गरिेको छ ।
त्यस्तै बैठकले कपिलवस्तु सामुदायिक अस्पतालले प्रसुती सेवा शाखा तथा आँखा उपचार सेवा थपको लागि मापदण्ड पुरा गरी आएमा स्वीकृति दिने निणर्य गरेको छ । पालिका बैठकले धान खेतीमा लाग्ने डढेलो रोग रोगथामका लागि कृषि शाखाद्धारा सहजीकरण गर्ने र परिक्षणका क्रममा धानमा डढेलो देखा परेमा निःशुल्क औषधी उपलब्ध गराउने समेत निणर्य गरेको छ ।

नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारुको अध्यक्षता रहेको कार्यक्रममा नगरका सम्पूर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कार्यालयका सम्पूर्ण शाखा प्रमुखहरु, विषय विज्ञहरु लगायतको सहभागिता रहेको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासीनीको संचालनमा सम्पन्न भएको नगर प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित् समाचार