गृहपृष्ठ खबर वडा अध्यक्ष आचार्यले ल्याए पुन परिवारमा खुसि

वडा अध्यक्ष आचार्यले ल्याए पुन परिवारमा खुसि

प्रकाशित मिति:

१८ महिना अघि खरले छाएको छानो मुनि बैशाखको गर्मीमा समेत कम्मल ओडेर सुत्ने गर्थे धनबहादुर पुन, उनकी जेठी छोरी र छोरा बिजय जस्को एक मात्र कारण थियो बंशाणुगत मानसिक रोग । कक्षा ३ मा अध्ययनरत कान्छी छोरीले बिरामी दाइ दिदी र बुवालाई खाना बनाएर खुवाउने गर्थिन ।  घरमा खानाका लागि चामल समेत अभाव हुन थाल्यो ।  औषधी उपचार र खानाको अभावमा पुनको परिवार मर्ने स्थितिमा पुगेको  गुनासो छिमेकी नरबहादुर परियार र छबिलाल पुनले वडा अध्यक्ष बिकास आचार्यलाई पुर्‍याए ।  तत्काल आचार्यले पुन परिवारको अवस्था बारे बिस्तृत जानकारी लिनु भयो।  खानाकोलागि दाल चामलको जोहो गरिदिनुका साथै नुनतेलको लागि केही रकम समेत दिनुभएको थियो ।  वडा अध्यक्ष आचार्यको सहयोग यति मै सिमित भएन बुद्ध पोलिक्लिनिक गोरुसिङ्गेका डाकटर टण्डनलाई फोन गरि मानसिक रोगको सम्बन्धमा जानकारी लिइ  भैरहवा बाट आउने मानसिक रोग विशेषज्ञलाई चेकजाच  गराउन आफ्नै खल्ती छाम्नुभयो ।नियमित औषधीको सेवन पछि परिवारमा केहिसुधारको संकेत देखियो । तर दैबको खेल तिहारको समय थियो रातिको ११ बजे एक्कासी धनबहादुरको घरबाट आगोको मुस्लो देखिन थाल्यो । हारगुहार मगि आगो त निभाइयो तर आगो निभ्ने बेला सम्ममा परिवारले प्रयोग गर्न सक्ने कुनै चिज बाकी रहेन भनौ सबै खरानिमा परिणत भयो । बिहान उज्यालो त भयो तर पुन परिवारलाई त्यो दिन पनि औशिको रात झै अन्धकार । त्यस घटना पश्यात वडा अध्यक्ष बिकास आचार्यले बिभिन्न संघसस्था र वडा कार्यालय, नगरपालिकाबाट लत्ताकपडा, ओडने डोसाउने , भाडाकुडा र दालचामल जुटाउने अभियान सन्चालन गर्नु भयो । रोट्रयाक क्लब बुद्धभुमि, अनेरास्ववियु बुद्धभुमी नगर कमिटी र चेतनशील प्रतिष्ठान कपिलबस्तुले बिस्तारा , भाडाकुडा , बिधालय पोसाक, झोला ,कापी र कलम प्रदान गरि कान्छी छोरिको पढाइमा सहयोग पुर्याएको थियो ।त्यस यता विभिन्न निकाय सगको पहल र आफ्नै लगानीमा वडा अध्यक्ष  आचार्यले घर पुननिर्माणलाई निरन्तरता दिदै आउनु भएको थियो । त्यस्तै बुद्दभुमी नगरपालिकाका  संघसंस्था र  ब्यतिगत सहयोगलाई जम्मा गरि पुन परिवारको  घरको निर्माण भर्खर सम्पन्न गर्नुभएको छ । घर हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले  – “मेरो राजनैतिक यात्रामा बिगत ५/७ बर्ष यता जनतालाई  सहयोग गर्दै आयता पनि आज मलाई  खुसी र सन्तुष्टि मिलेको छ , जसको एउटै कारण हो मानसिक रोगी धनबहादुर पुनको मुहारमा ल्याउन सकेको खुसिका रेखाहरु । ”

साभार ः Press Pati

सम्बन्धित् समाचार