गृहपृष्ठ खबर बाणगंगाको वडा नः २ मा बालमैत्री शासन सम्बन्धी कार्यशाला सुरु

बाणगंगाको वडा नः २ मा बालमैत्री शासन सम्बन्धी कार्यशाला सुरु

प्रकाशित मिति:

वैखरी अनलाइन बाणगंगा
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ मा बालमैत्री स्थानिय शासनका सुचकको अवस्थाका बिषयमा कार्यशाला सरु भएको हो । बालमैत्री स्थानिय शासनका सुचकको अवस्था मापन तथा आवधिक लगानी योजना निमार्ण कार्यशाला वडा कार्यालय पिपरामा सुरु भएको हो । ३ दिने कार्यक्रमको पहिलो दिन प्रमुख अथितिका रुपमा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनिले बालमैत्री स्थानिय शासनको महतव र अहिलेको आवश्यकता बताउदै बालमैत्री नगरका रुपमा पनि बाणगंगा नगरपालिकालाई बिकास गरिने बताए । कार्यक्रममा राष्ट्रीय प्रशिक्षक बिष्णु प्रसाद चौवे, वडा अध्यक्ष बिष्णु पौडेल, सामाजिक बिकास शाखा प्रमुख खिम बहादुर जिसि, वडा भित्रका प्रध्यानाध्यापक, बिद्यालय ब्यवस्थापनसमितिका अध्यक्षहरु, बालसञ्चाल तथा सवास्थ्यकर्मी लगायतको गरी ३० बढिको सहभागिता रहेको थियो । कार्यक्रम २४ गते सम्म चल्ने नरेन्द्र पोखरेलले बताए ।

सम्बन्धित् समाचार