गृहपृष्ठ खबर दसैंको लागी नयाँ नोट असोज १४ गतेबाट वितरण सुरु हुने

दसैंको लागी नयाँ नोट असोज १४ गतेबाट वितरण सुरु हुने

प्रकाशित मिति:

काठमाडौँ- नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट असोज १४ गतेबाट वितरण सुरु गर्ने योजना बनाएको छ। गत वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध हुने छ। निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ। यसअघि राष्ट्र बैंकले काठमाडौँस्थित बैङ्किङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट सटही गर्थ्यो। यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ।

सम्बन्धित् समाचार