गृहपृष्ठ खबर सिद्धार्थ क्याम्पस बुङ्चिमा प्रवेश गेटको शिलान्यास

सिद्धार्थ क्याम्पस बुङ्चिमा प्रवेश गेटको शिलान्यास

हरि घिमिरे भदै,२५
बाणगंगा नगरपालिका वडा न. ४ स्थित जिल्लाकै शैक्षिक धरोहरका रुपमा स्थापित सिद्धार्थ क्याम्पस बुङ्चिको प्रवेश गेट वुुधवार शिलान्यास गरिएको छ । क्याम्पसलाई थप सुन्दरता प्रदान गर्नका लागि गेट बनाउन लागिएको हो ।
क्यामपस गेटको शिलान्यास पुर्व क्याम्पस प्रमुख स्व. पुरोषोतम आचायकी र्धम पत्नी हरिकला आचार्य र बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले संयुक्त रुपमा गरेका हुन ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख मंगल प्रसाद थारुले सिद्धार्थ क्याम्पसले नगरकै शिर उचो बनाएकोमा प्रशंसा गर्दै यस शिद्धार्थ क्याम्पसमा हुने हरेक कार्यलाई नगरले अत्यन्तै नजिकबाट सहयोग गरेको बताए । उनले आगामी दिनहरुमा पनि सिद्धार्थ क्याम्पस लाई शिखरमा पु¥याउन र शिक्षामा गुणस्तर ल्याउनका लागि नगर देखि केन्द्र सम्म लागि परिरहने बताए ।
क्याम्पस संचालक समितीका अध्यक्ष झविलाल पोख्रेलले सिद्धार्थ क्याम्पस शैक्षिक धरोहरका रुपमा स्थापित भैसकेको दावि गर्दै यसलाई अझै अग्रस्थानमा पुराउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

त्यस्तै पुर्व क्याम्पस प्रमुख स्व. पुरोषोतम आचार्यकी धर्म पत्नी हरिकला आचार्यले श्रीमान नभए पनि उनको सपना पुरा हुदाँ आफुलाई अझै उनि जिवितै रहेको जस्तो महसुस भैरहेको बताईन । उनले क्यम्पसलाई अझै यस्तै उत्कृष्ट कामहरु गर्दै र शिक्षा लाई अग्रतामा पुराउन भन्दै शुभकामना दिईन । कार्यक्रममा बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवालि, क्याम्पसका पुर्व अध्यक्षहरु, क्याम्पस संचालक समितीका पदाधिकारि हरु लगायत विद्यार्थिहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार