गृहपृष्ठ खबर वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी

वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी

प्रकाशित मिति:

  बिहिबार, भदौ २६, २०७६

हरियो वन नेपालको धन भन्ने भनाई नै अब केवल नारामा मात्र सिमित बनेको छ । अहिले त हरियो वन नेपालको होइन तस्करको धन बन्दै गएको छ । सिमित सरकारी कर्मचारीको मिलेमतोमा तस्करहरुले धमाधम वन फडानि गरिरहेका छन् । प्रसङ्ग बारा जिल्लाको हो । पेशेवर काठ तस्करहरुले बाराको वन क्षेत्रबाट हरियो र सुकेका सालका रुख ढालेर तस्करी गरिरहेको पाइएको छ ।

बारा डिभिजन वन कार्यालय स्रोतका अनुसार, गत साउन २८ गते राती यहॉबाट सालको काठ, गोलाई ट्रकमा लोड गरि तस्करी भएको थियो । तस्करी विषयमा स्थानियबासीलाई सबै कुरा थाहा भएपनि तस्करहरुको डरले उनिहरु तैं चुप मैं चुप छन् ।

title

वनबाट खुलेआम रुपमा काठको तस्करी भइरहेपनि किन मौन छन् त नियमनकारी निकाय ? हाम्रो प्रश्नमा डिभिजन वन कार्यालय बाराका डिएफओ मन्जुर अहमद वनबाट साईकल, मोटर साईकलमा काठ, गोलाई चोरी तस्करी भई रहेको कुरा स्किार्छन् । तर, अहिले भने विशेष निगरानी राखेको उनको भनाई छ ।

उनका अनुसार, केही दिन यताबाट जीपमा काठ, गोलाई चोरी तस्करी हुन सक्ने सुचना चाहिं आफूहरुलाई आएको छ । तर, अहिले भने चोरी तस्करी नभएको उनी दाबी गर्छन् । प्रमुखले चोरी तस्करी नभएको दाबी गरिरहँदा यो वन क्षेत्रबाट भने सालको काठ, गोलाई ट्रकमा राखेर लैजाने काम भने भईरहेको छ । यो कुरा वन क्षेत्रमामा भेटिएका यी रुखको ठुटा र ट्रकको चक्काको डोवले समेत पुष्टी गर्छ ।

कर्मचारीको मिलेमतोमा काठ तस्करी
जैतापुर वन क्षेत्रबाट दुई महिना यता मात्र तीन ट्रक गोलाई चोरी तस्करी भएको र यसमा कर्मचारीकै मिलेमतोमा भएको स्रोतको दाबी छ । तस्करी भएको काठ मध्ये एक पटक निजगढ र दुई पटक बीरगञ्जमा रहेको स–मिलमा पुर्‍याएको बुझिएको छ ।

यसरी काठ गोलाई तस्करी गरे बापत डिभिजन वन कार्यालय बारालाई स–मिल सञ्चालकहरुले प्रति ट्रक ५ लाख रुपैयाँ दिने गरेको समेत स्रोतको दाबी छ । तर, वन कार्यालयका प्रमुख अहमद् भने कुरा स्वीकार्दैनन् । उनि भन्छन् – आफूहरुलाई बद्नाम गराउन कसैले यो काम गरिरहेको छ ।

जे भएपनि सुकेका रुखलाई ढालेर स–मिलमा पुर्‍याई समिलले स्टक रकेको काठ, गोलाई देखाई आफ्नो बील मार्फत हेटौडा, नारायणगढ, पोखरा, काठमाडौं लगायतका शहरमा बढी मुल्यमा बिक्री गर्ने गरेको बुझिएको छ । यहॉ हुने काठ तस्करीमा ६ चक्के ट्रक समेत प्रयोग हुने गरेका छन् । गोलाई ओसार्न प्रयोग गरे बापत प्रति एक पटकको ट्रक भाडा ७० हजार रुपैयाँ सम्म दिने गरेका छन् । त्यसैगरी काठ लोड गरे बापत मजदुरहरुले एक पटकको १० हजार रुपैयाँ पाउँछन् ।

अहिले मुख्यगरी जिल्लाको मधुवन, ककरी, बोधवन, तियर खोला, टागियाबस्ती आसपासको वन क्षेत्र, काटघाट मन्दिरदेखि पश्चिम, दक्षिण जैतापुर वन क्षेत्रबाट काठ तस्करी भइरहेको छ । यस तर्फ नियमनकारी निकायको ध्यान पुग्नु आवश्यक देखिन्छ ।

सम्बन्धित् समाचार