गृहपृष्ठ खबर प्लाइउड बोकेको ट्रक दुर्घटना

प्लाइउड बोकेको ट्रक दुर्घटना

प्रकाशित मिति:

बिहिबार भदौ २६ २०७६ ,

सुशील गैरे ,प्लाइउड बोकेको ट्रक लुम्बिनी अञ्चल अस्पताल अगाडी दुर्घटना भएको छ। कपिलबस्तु चन्द्रौताबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु १ ख ९७६२ नं.को ट्रक महेन्द्र राजमार्ग स्थित अस्पतालाइ अगाडी दुर्घटनामा परेको हो।

आज बिहान करिब ५ बजेको समयमा चन्द्रौताबाट काठमाण्डौ लैजान लागिएको प्लाइउड बोकेको ट्रक ओभरलोडका कारण दुर्घटना भएको हुन सक्ने क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय बुटवलले जनाएको छ।दुर्घटनाबाट कुनै मानबिय क्षति नभएको भए पनि ट्रकले राजमार्गको बिचमा जडान गरिएको सोलार बत्तिमा ठुलो क्षति पुर्याएको छ।

सम्बन्धित् समाचार