गृहपृष्ठ Featured कसरी भयो सहकारीमा चोरी ? ( भिडियो सहीत )

कसरी भयो सहकारीमा चोरी ? ( भिडियो सहीत )

प्रकाशित मिति:


नवराज बेल्बासे वैखरी भदौ २७ कपिलवस्तु


कपिलवस्तु वाणगंगा ९ स्थित नवप्रभात बचत तथा ऋण सहकारी संस्थाबाट गएराति पाँच लाख पचास हजार भन्दा बढि रकम चोरी भएको छ ।

Photo : Waikhari

वाणगंगा नगरपालिका वडा नम्बर ९ बर्दहवा स्थित नव प्रभात ऋण सहकारी संस्थाबाट गएराति बिहिबार दिनभर कारोबार भएको रकम चोरी भएको हो । संस्थामा रहेको ५ लाख ८४ हजार ५ सय ४ रुपैयाँ लंकर तोडेर चोरी भएको संस्थाका अध्यक्ष यादुराम भुसालले वखैरी अनलाइनलाई जाजकारी दिनु भएको छ । नगद बाहेक अन्य कागजात भने सुरक्षीत रहेको संस्थाकी प्रबन्धक चन्दकला बेल्वासेले जानकारी दिनु भएको छ ।

लुटेरा समुहले सिसिटिभीको हाड डिक्स समेत चोरेर लगेको छ । घटना के कसरी भयो र कती बेला भयो भन्ने कुरा अनुसन्धान भई रहेको ईलाका प्रहरीले जानकारी गराएको छ ।

Waikhari Online Khabar/


घटना सम्बन्धि भिडीयो सामाग्रीमा वाणगंगा ९ का वडा अध्यक्ष धुव्र बेल्वासे , संस्था अध्यक्ष यादुराम भुसाल , प्रबन्धक चन्द्रकला बेल्वासे तथा कार्यालय सहयोगी सगँको भिडियो कुराकानी वैखरी अनलाईनका व्यवस्थापक प्रेम पाण्डेले तयार पार्नु भएको थियो ।

सम्बन्धित् समाचार