वैखरी भदौ २७ कपिलवस्तु
नवप्रभात बचत तथा ऋण सहकारी संस्थाबाट गएराति पाँच लाख पचास हजार भन्दा बढि रकम चोरी भएको छ ।
वाणगंगा नगरपालिका वडा नम्बर ९ बर्दहवा स्थित नव प्रभात ऋण सहकारी संस्थाबाट गएराति बिहिबार दिनभर कारोबार भएको रकम चोरी भएको हो ।
संस्थामा रहेको ५ लाख ८४ हजार ५ सय ४ रुपैयाँ लंकर तोडेर चोरी भएको संस्थाका अध्यक्ष यादुराम भुसालले वखैरी अनलाइनलाई जानकारी दिनु भएको छ ।
नगद बाहेक अन्य कागजात भने सुरक्षीत रहेको संस्थाकी प्रबन्धक चन्दकला बेल्वासेले जानकारी दिनु भएको छ ।
लुटेरा समुहले सिसिटिभीको हाड डिक्स समेत चोरेर लगेको छ । घटना के कसरी भयो र कती बेला भयो भन्ने कुरा अनुसन्भान भई रहेको ईलाका प्रहरीले जानकारी गराएको छ ।
घटना सम्बन्धि सामाग्रीमा वाणगंगा ९ का वडा अध्यक्ष धुव्र बेल्वासे , संस्था अध्यक्ष यादुराम भुसाल , प्रबन्धक चन्द्रकला बेल्वासे तथा कार्यालय सहयोगीसगँ वैखरी अनलाईन ले कुराकानी गरेकाे एक रिपाेट तयार पारेका छ ।