गृहपृष्ठ खबर गजलले गुन्जियो चितवन

गजलले गुन्जियो चितवन

प्रकाशित मिति:

नेपाली गजल साहित्यमा चर्चामा रहेका दुई युवा गजलकारले शनिबार चितवनका गजल पारखीमाझ गजल सुनाएका छन् । गजल मञ्च चितवनको आयोजनामा सगुन पार्टी प्यालेस भरतपुरमा भएको कार्यक्रममा गोर्खाका प्रदिप रोदन र धनकुटा ईश्वर दाहालले गजलको मेहफिल तताए । कार्यक्रममा दुबै स्रस्टाले आठ आठ गजल सुनाए ।

गजलकार रोदन र दाहाल देशका विभिन्न स्थानमा हुने गरेका गजल मेहफिलमा पटकपटक उभिइसकेका स्रस्टा हुन् । दुबै स्रस्टाका गजलहरु युट्युबमा पनि ट्रेन्डमा छन् । सामाजिक संजालमा दुबै जनाका फ्यान फलोअर्स पनि धेरै छन् ।

चितवनका गजल पारखीहरुको अनुरोधमा यी दुई स्रस्टालाई मञ्चमा उभ्याइएको गजल मञ्च चितवनका अध्यक्ष द्वारिका नेपालले बताए ।


कार्यक्रममा संयुक्त गजल सङ्ग्रह प्रिय साथी´ विमोचन गरियो। यो सङ्ग्रहमा निर्दोष जीवनका पन्चानब्बे र पदमराज ढकालका सन्ताउन्न गजल छन् । त्यस्तै निर्दोष जीवनको चौंथो सांगीतिक एल्बममेरो गीत´ पनि विमोचन गरियो । मेरो गीतमा लेखराम सापकोटाको एउटा गजल र निर्दोष जीवनका नौ वटा गीत छन् ।

कार्यक्रममा गजलकार निर्दोष जीवनले दुईवटा गजल गाएर माहोललाई सांगीतिक बनाए । उनले लेखराम सापकोटाको शब्द रहेको मैले तिमीलाई मन पराएँ तथा टीका सापकोटाको शब्द रहेको तिमी आगो हौ गजल सुनाएका थिए ।

गजल सङ्ग्रह र एल्बम माथि बोल्दै प्रमुख अतिथि गोविन्दराज बिनोदीले स्रस्टा निर्दोष जीवनको साहित्यिक लगाब लोभलाग्दो रहेको बताए । नियमित साधनाले उनलाई थप उचाई मिल्ने बिनोदीले बताए ।

प्रिय साथी गजल सङ्ग्रह युरेका पब्लिकेसन्सले प्रकाशन गरेको हो ।

सम्बन्धित् समाचार