गृहपृष्ठ खबर बुद्दभुमी उधोग बाणिज्य संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व

बुद्दभुमी उधोग बाणिज्य संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व

प्रकाशित मिति:

कपिलवस्तु २८ भदौ

नेपालमा प्रचुर सम्भावना छन् , त्यसमा पनि विशेष गरेर प्रदेश नं. ५ सबैभन्दा भाग्यमानी छ । यहाँ कृर्षि ,औधोगिक , पर्यटन , भुगोल खानीको हिसावले धेरै अगाडि छ । त्यसकारण प्रदेन ५ लाई एउटा नमुनाको हिसावले अगाडि लैजान सघिंय तह , प्रदेश , स्थानीय तहले विशेष योजना बनाउनु पर्ने नेपाल उधोग बाणिज्य महासघ प्रदेश ५ का अध्यक्ष  गुणानिधी तिवारिले यस्तो बताउनुभएको छ । शनिवार बुद्धभुमि गोरुसिगेको मायाज होटलमा भएको  बुद्दभुमी उधोग बाणिज्य संघको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनमा  प्रमुख अतिथीको आशनबाट बोल्दै तिवारिले यस्तो बताउनुभएको हो । संघका अध्यक्ष शुभलाल भुषालको अध्यक्षतामा भएको कार्यक्रममा भुषालले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा विजनेस प्लान तालिमको व्यबस्था गर्ने,सामाजिक कार्य अन्तर्गत बल्ड डोनेशन, तथा बजार सरसफाइ कार्यक्रमको आयोजना गर्ने, नियमित बजार अनुगमन, बाल श्रम अन्त्य गर्ने जस्ता योजना प्राथमिकतामा रहेको बताउनुभएको छ। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले  साना तथा मझौला उधोग व्यवसायीको जीवनस्तर उकास्ने खालका योजना ल्याए नगरले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै,कपिलवस्तु उधोग बाणिज्य सघका बरिष्ठ उपाध्यक्ष  रुक बहादुर भुषालले आन्तरिक राजस्व कार्यालय सग समन्वय गरि व्यबसायिलाई प्यान, भ्याटको बारे प्रभावकारी ढंगबाट जानकारी दिन आग्रह गर्नुभएको छ।  चर्को व्याजका कारणले व्यबसायी मर्कामा परेको भन्दै आगामी दिनमा सघले यसलाइ निराकरण गर्न आग्रह समेत गर्नुभएको छ। त्यस्तै शुभकामना मन्तव्य राख्दै कपिलवस्तु सर्प दंस उपचार केन्द्रका अध्यक्ष निलकुमार श्रेष्ठले सघमा राजनैतिक हस्तक्षेप भए माथी उठ्न नसक्ने भन्दै, उधोग बाणिज्य सघमा राजनैतिक दलको कुनै हात नभएको प्रष्ट पार्नुभएको छ। सघका महासचिव बिष्णु प्रसाद पौडेलको सन्चालनमा भएको कार्यक्रममा  उधोग बाणिज्य सघ बुद्दभुमीका उपाध्यक्ष माधव दमासेले स्वागत गर्नुभएको थियो। नेपाल उधोग बाणिज्य महासघ केन्दृय सदस्य किशोर आचार्य, जिल्ला समन्वय समिती सम्योजक नारायण खनाल, नगर प्रमुख केशव कुमार श्रेष्ठ , कपिलवस्तु उधोग बाणिज्य सघका बरिष्ठ उपाध्यक्ष  रुक बहादुर भुषाल, तौलिहवा उधोग बाणिज्य संघका अध्यक्ष  गयादिन कुर्मी, कृष्णनगर उधोग बाणिज्य सघका कोषाध्यक्ष  , बुद्दभुमी क्यामसका अध्यक्ष  राजेन्द्र राज आचार्य , पाटी प्रतिनिधि नेपाली काग्रेस नगर सभापती हिमलाल न्यौपाने, नेकपाका नगर सयोजक पिताम्वर खनाल,सर्प दस उपचार केन्द्रका अध्यक्ष निलकुमार श्रेष्ठ ,विभिन्न सघ सस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो।संघका महासचिव बिष्णु पौडेलले  तीन लाख एकहत्तर हजार आम्दानी , दुई लाख एकचालिस हजार कुल खर्चको आयव्यय प्रस्तुत गर्नु भएको थियो। बन्द सत्रमा सघंले नयाँ नेतृत्व चयन गर्ने जानकारी प्रप्त भएको छ ।

सम्बन्धित् समाचार