बालसंजाल गठन कार्यक्रम सम्पन्न भएको छ । वाणगगां नगरपालीका वडा नं १ को बालसञ्जाल गठन कार्यक्रम आज बाल मा.वि. बैरियामा सम्पन्न भएको छ । वडा भित्रका १६ वर्ष मुनिका बालबालिकाहरु विभिन्न विद्यालय तथा टोल विकास समितीका बालसमूहलाई एकै ठाउँमा राखेर १५ सदस्यीय बालसञ्जाल समिती गठन गरिएको छ ।
बालबालिकाहरुले पढाइ लगायतका अतिरिक्त क्रियाकलापहरुमा बढी चासो दिउन् र भविष्यमा समाजलाई अगाडी बढाउनमा महत्वपूर्ण भूमिका खेलुन् भन्ने उद्देश्यले बाल संजाल गठन गरिएको वडाले जनाएको छ । आजका बालबालिका भोलीका कर्णधार भएको र देश निर्माणमा महत्वपूर्ण भूमिका रहने हुँदा बालबालिकालाई संगठनमा आवद्ध बनाउन लागिएको बताइएको छ ।
बैरिया टोल, बठनपुर टोल, मन्द्रेली टोल, शान्ती श्रीनगर टोल, बाल मा.वि, सिद्धार्थ मा.वि, जीतपुर टोल, मिलन टोल, बुङ्ची टोल, प्रगती टोल, विज्डम, दुर्गा मन्दिर टोल लगायतका बालसमूहलाई एकै ठाउँमा राखेर १५ सदस्यीय बालसञ्जाल समिती गठन गरिएको हो । उक्त समितीको गौतमबुद्ध बालसञ्जाल नामकरण गरिएको छ ।
वाणगगां नगरपालीका १ का वडा अध्यक्ष बालकुमारी पन्तको अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्य सञ्जुकुमार सारु मगर, सीता कुमारी थापा, हरिकला सार्की, वडा सचीव गोविन्द आचार्य, टोल विकास संस्थाका अध्यक्ष सन्तोष गौतम, सदस्य रोम बहादुर राना, देवश्वर न्यौपाने, गगां भट्टराई, कमला खत्री, नेत्र बन्जाडे, अर्जुन शाही, टीकाराम भुसाल, अर्जुन पोख्रेल, कृष्ण घिमिरे, पत्रकार, समाजसेवी, बुद्धिजिवि लगायतको आतिथ्यता रहेको थियो । वडा नम्बर १ का सदस्य झलकमल्ल ठकुरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।