सुशील गैरे कपिलवस्तु,
बुद्दभुमी उधोग बाणिज्य सघको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन शनिबार बुद्धभुमिमा सम्पन्न भएको छ ।
सघका अध्यक्ष शुभलाल भुषालको अध्यक्षतामा भएको कार्यक्रममा भुषालले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा विजनेस प्लान तालिमको व्यबस्था गर्ने,सामाजिक कार्य अन्तर्गत बल्ड डोनेशन, तथा बजार सरसफाइ कार्यक्रमको आयोजना गर्ने, नियमित बजार अनुगमन, बाल श्रम अन्त्य गर्ने जस्ता योजना प्राथमिकतामा राख्ने बताउनुभएको छ। कार्यक्रममा बोल्दै कपिलवस्तु सर्प दस उपचार केन्द्रका अध्यक्ष निलकुमार श्रेष्ठले सघमा राजनैतिक हस्तक्षेप भए माथी उठ्न नसक्ने भन्दै, उधोग बाणिज्य सघमा राजनैतिक दलको कुनै हात नभएको प्रष्ट पार्नुभएको छ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कपिलवस्तु उधोग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष रुक बहादुर भुषालले आन्तरिक राजस्व कार्यालय सग समन्वय गरि व्यबसायिलाई प्यान, भ्याटको बारे प्रभावकारी ढंगबाट जानकारी दिन आग्रह गर्नुभयो । त्यस्तै चर्को व्याजका कारण व्यबसायी मर्कामा परेको भन्दै आगामी दिनमा बाणिज्य सघले यसलाइ निराकरण गर्न आग्रह समेत गर्नुभएको छ।
सघका महासचिव बिष्णु प्रसाद पौडेलको सन्चालनमा भएको कार्यक्रममा उधोग बाणिज्य सघ बुद्दभुमीका उपाध्यक्ष माधव दमासेले स्वागत गर्नुभएको थियो। नेपाल उधोग बाणिज्य महासघ केन्दृय सदस्य किशोर आचार्य, जिल्ला समन्वय समिती सम्योजक नारायण खनाल, नगर प्रमुख केशव कुमार श्रेष्ठ , कपिलवस्तु उधोग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष रुक बहादुर भुषाल, तौलिहवा उधोग बाणिज्य सघका अध्यक्ष गयादिन कुर्मी, कृष्णनगर उधोग बाणिज्य सघका कोषाध्यक्ष , बुद्दभुमी क्यामसका अध्यक्ष राजेन्द्र राज आचार्य , पाटी प्रतिनिधि नेपाली काग्रेस नगर सभापती हिमलाल न्यौपाने, नेकपाका नगर सयोजक पिताम्वर खनाल,सर्प दस उपचार केन्द्रका अध्यक्ष निलकुमार श्रेष्ठ ,विभिन्न सघ सस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो।सघका महासचिव बिष्णु पौडेलले तीन लाख एकहत्तर हजार आम्दानी , दुई लाख एकचालिस हजार कुल खर्चको आयव्यय प्रस्तुत गर्नु भएको थियो।










