गृहपृष्ठ खबर रुपन्देहीमा गोलि चल्दा एकजनाको मृत्यु

रुपन्देहीमा गोलि चल्दा एकजनाको मृत्यु


बुटवल– रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भईरहेको रुपन्देही प्रहरीका एसएसपी हृदय थापाले बताए ।
स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् ।उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयले बताएका छन् । प्रहरीले भने डाका समुहबारे खुलाएको छैन् ।

सम्बन्धित् समाचार