गृहपृष्ठ खबर बाणगंगा नगरपालिका वडा न.८ का बालबालिकाले मनाए राष्ट्रिय बाल दिवस

बाणगंगा नगरपालिका वडा न.८ का बालबालिकाले मनाए राष्ट्रिय बाल दिवस

प्रकाशित मिति:


हरि घिमिरे, भदौ २९

बाणगंगा नगरपालिका वडा न.८ का बालबालिकाहरुले विभिन्न ठाउँमा अनुगमन र प्लेकार्ड प्रर्दसन गर्दै राष्ट्रिय बाल दिवस मनाएका छन । खबरदार गछौं होस गर, बालश्रम अन्त्य गर ! थाहा छैन भन्न पाईदैन, दुव्र्यवहार, हिंसा चाहिदैन लगायतको नारा लगाउँदै बालबालिका, शिक्षक, जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायत संघ–संस्थाका प्रतिनिधीहरु सहितको टोलीले बाणगंगा नगरपालिका–८ बोडगाउँमा राष्ट्रिय बाल दिवस मनाएको हो ।

राष्ट्रिय बाल दिवस देशव्यपी रुपले विभिन्न कार्यक्रम गरी मनाईरहेको अवस्थामा बाल संञ्जाल बाणगंगा नगरपालिका–८ को अयोजनामा, बाणगंगा ८ वडा कार्यलयको सहयोग तथा शिक्षाका लागि राष्ट्रिय अभियान कपिलबस्तु, घर–घरमा शिक्षा तथा आत्मानिर्भर विकास संस्था नेपाल, टोल विकास संस्था लगायतको सहकार्यमा आईताबार राष्ट्रिय बाल दिवस मनाएको छ ।

यस बर्ष “सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार” भन्ने मूल नारा रहेको राष्ट्रिय बालदिवसको अवसरमा बोर्डगाउँमा रहेका होटल, खाजा घरहरुमाको अनुगमन गर्दै बाल दिवस कार्यक्रम सम्पन्न गरेको बाल संञ्जाल बा.न.पा –८ का अध्यक्ष स्मृति सापकोटाले बताईन् । उनले भाषणमा मात्र नभएर बाल अधिकारलाई व्यवहारमा लागु गर्नुपर्ने भन्दै आफूहरुले होटल, खाजाघर हरुमा बाल मजदुरहरुको अवस्था भए नभएको पत्ता लगाउनको लागी अनुगमन गरेको बताईन् ।

त्यस्तै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले कोही पनि बालबालिका शिक्षाबाट बञ्चित गर्न नहुनेमा जोड दिए । उनले बालबालिका भविष्यका कर्णधर हुन् भन्दै उनीहरुलाई असल शिक्षा दिन आमाबुवा, छरछिमेक र समुदायको पनि महात्वपूर्ण भुमिका रहेको बताए । संस्थाको कार्यक्रम संयोजक तथा पत्रकार समेत रहेका अर्यालले बालबालिकालाई मायाको खाचों रहेको भन्दै उनीहरुलाई हिंसा होईन माया गर्नुपर्ने कुरा औल्याए ।

त्यस्तै बाणगंगा नगरपालिका ८ का वडा अध्यक्ष गुणनिधी भुसालले बाणगंगा–८ लाई बालमैत्री वडा बनाउने बताए । उनले बालमैत्री वडा बनाउँनको लागी सम्पूर्ण सरोकारवाला, संघ–संस्था, बाल क्लाब, युवा क्लाब, बाल सञ्जाल, टोल विकास लगायत समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको सहयोग र सहकार्यहुन आवश्यक रहेको जानकारी बताए । वडा अध्यक्ष भुसालले बालबालिकाको आधारभुत अधिकार स्थापितको लागि आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभयो ।

सम्बन्धित् समाचार