गृहपृष्ठ खबर कृष्णनगर नगरपालिका खुला दिसा मुक्त क्षेत्र घोषणा

कृष्णनगर नगरपालिका खुला दिसा मुक्त क्षेत्र घोषणा

प्रकाशित मिति:

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र २९

कृष्णनगर नगरपालिका एक कार्यक्रमका बिच खुला दिसा मुक्त क्षेेत्र घोषणा गरिएको छ ।
नगरप्रमुख रजत प्रताप शाहकाे अध्यक्षता पुर्व कृषि राज्यमन्त्री सुरेन्द्रराज अचार्यकाे प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरि कृष्णनगर नगरपालिकालाई खुला दिसा मुक्त घाेषणा गरिएकाे हाे ।
कपिलवस्तु जिल्लालाई नै यही भदाैं ३१ गते पुर्ण खुला दिशा मुक्त घाेषणा गर्ने लक्ष्य रहेकाेले जिल्लाका सम्पुर्ण स्थानिय तह धमाधम खुला दिसा मुक्त घाेषणा हुन शुरु भएका छन ।

हालसम्म कृष्णनगर सहित कुल ९ वटा स्थानीय तह खुला दिशा मुक्त भईसकेकाे र भदाैं ३० गते कपिलवस्तु नगरपालिकालाई घाेषणा गर्ने कार्यक्रम पछि जिल्लालाई खुल्ला दिसा मुक्त घाेषणा गरिने जिल्ला समन्वय समितिका सभापति नारायण खनालले जानकारी दिनुभयो ।

वडा नम्बर १,४ र १२ लाई समेटेर नगरपालिकालाई खुला दिशा मुक्त गरिएतापनि पुर्ण सरसफाई युक्त बनाउन आफु र सम्पुर्ण नगरपालिका परिवार लागि परेकाे नगर प्रमुख रजत प्रताप शाहले प्रष्ट पारेका थिए ।

अब गाउंघरमा छिटपुट छुटेका चर्पी बनाउन र त्यसकाे प्रयाेगमा पनि विशेष ध्यान दिनु आवश्यक रहेकाे युनिसेफ ,सुअहरा लगायतका सहयाेगी संस्थाहरुका प्रतिनिधि हरु ले बताए ।
कार्यक्रममा पुर्व राज्यसभा सदस्य डा. रुद्र प्रताप शाह,
नगर उपप्रमुख सबनम खातुन,नगरपालिकाभित्रका शाखा प्रमुख लगायत कर्मचारीहरु, समाजसेवी शैलेष प्रताप शाह, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता , नेकपाका नेता सुशील श्रीवास्तव, जावेद खां ,व्यवसायी नन्दकिशाेर शर्मा ,जितेन्द्र गाेयल , अशोक अग्रहरी लगायत विभिन्न विद्यालयका प्रतिनिधि सुरक्षा निकाय तथा अन्य संघसंस्थाका प्रतिनिधिकाे उपस्थित रहेकाे थियाे भने संचालन संचारकर्मी सनिउल्लाह धाेबीले गरेका थिए ।

सम्बन्धित् समाचार