वैखरी अनलाइन संवाददाता
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १० मा रहेको कामता माध्यमिक बिद्यालय करेलीयामा बिद्यालय ब्यवस्थापन समितिको चुनाव सम्पन्न भएको छ । चुनावमा नेकपा सहित अन्य ३ दलको सयुतm प्यानललाई हराउदै नेपाली काग्रेसकै प्यानल भारी मतअअन्तरले बिजयी भएको हो । लामो समयको विवादपछि चुनावबाट सहमति खोज्ने निर्णयपछि चुनाव भएको थियो । जसमा नेकपा प्यानलका केश नारायण यादव, गिता थारु, रोघाइ थारु र लक्ष्मी थारुलाई हराउदै काग्रेस प्यानलका कल्लु प्रसाद थारु, पार्वति थारु, रामदिन थारु, र सावित्रा थारु बिजयी भएका हुन । मतपरिणामपछि भएको कार्यक्रममा बोल्दै नेपाली काग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले काग्रेस एकजुट भए गुटउपगुटको पछि नलागे कही कतै पनि चुनाव नहार्ने बताएका छन । त्यस्तै हेमराज माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धुर्व नेपालले काग्रेसको बिजयी प्यानलले बिद्यालयको गुणस्तरीय शिक्षाका लागी अहम भुमिका खेल्ने बिश्वास लिएको बताउदै सफलताको शुभकामना दिएका थिए । तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिहं ठकुरी (शतिm)ले एक जुट हुनु अहिलेको काग्रेसको आवश्यकता रहेको बताउदै सत्ताको बाहिर रहेता पनि जनताको हितमा मात्र काम गर्ने समय भएको बताए । कार्यक्रममा नेपाली काग्रेसका राम बिहारी थारु, सर्जु चौधरी, रामनक्षत्र चौधरी, रवि काफ्ले लगायतले आआफनो धारणा राखेका थिए ।












