गृहपृष्ठ खबर इ प्रा का गोरुसिङ्गे द्वारा लागु औषध विरुद्द बृहत र्याली

इ प्रा का गोरुसिङ्गे द्वारा लागु औषध विरुद्द बृहत र्याली

प्रकाशित मिति:


सुशील गैरे ,इलाका प्रहरी कार्यलय गोरुसिङ्गेले आज लागु औषध दुव्र्यसन सम्बन्धि बृहत र्याली सम्पन्न गरेको छ ।र्यालीमा गोरुसिङ्गेका संघ संस्था विद्यालय शिक्षक जनप्रतिनिधि समाजसेवी व्यवसायीहरुको उपस्थिति थियो । दुव्र्यसन पठनपाठन घर व्यवहार समाज संग जोडिएकाले एक व्यक्तिले पाच जना सम्मलाइ चेतना दिन सकियो भने पनि लागु औषध दुव्र्यसन कम गर्न सकिने र यसलाई निर्मुल पार्न नगरपालिकाले समेत प्रयास गरिरहेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनु भयो ।
त्यस्तै समाजमा अपराधहरु भएका छन् यसमा लागुपदार्थ सेवनका कारण ७५५ भन्दा बढि अपराध भएको र अभिभावकले पनि आफ्ना बालबालिका विद्यालय गएदेखि नफर्किन्जेल सम्मका गतिविधि बुझ्न जरुरि रहेको ईलाका प्रहरी कार्यलय गोरुसिङ्गेका प्रहरी निरीक्षक सुवास खडकाले बताउनु भयो । स्थानीय समाजसेवी बुद्धिजिवी लगायत सम्बन्धीत निकायले साथ नदिए प्रहरी एक्लैले केहि गर्न नसक्ने भएकोले सबै एक जुट भएर दुव्र्यसनको बिरुद्ध लागे दुव्र्यसन रहित समाज बनाउन सकिने खडकाले बताउनुभयो ।

सम्बन्धित् समाचार