नेपाली काग्रेसले चलाएको दोस्रो जागरण अभियानले आफनो कार्यकर्तालाई जागरण र कृयाशिल बनाउन जुन कार्यक्रम गरेको छ । यो अहिलेको समयमा अति आवश्यक र महत्वपुर्ण छ । यस किसिमको कार्यक्रमले यदि यर्थातमा जागरण ल्याउन सक्यो भने यस अझ बढि महत्व राख्ने बिश्वास लिएको छु ।
यो जागरण अभियानमा उपस्थित हुदै गर्दा धेरै खालको गुुनासो सुन्नमा आएको छ । कतै पार्टी नेतृत्वको ओलोचना छ, कतै गुटगत कलहको ब्यापकता छ, कतै घात अन्तर्घातका कुरा छन भने कतै पार्टी भित्र हुने गरेका अनुशासनहिनका कुरा, अराजकताका कुरा आदी इत्यादी कुराले यो जागरण अभियानमा उत्साह भन्दा पनि निराशापन बढि देखिएको अवस्था छ ।
तल्लोस्तरका कार्यकर्ताहरु माथिल्ला स्तरका नेताकाहरुको काम कर्तब्य र जिम्मेवारीबाट सन्तुष्ट छैनन । पार्टी भित्र कार्यकर्ताको नैराश्यता बढेकाले रचनात्मक भन्दा बढि आलोचन्तामक टिप्पणी आएको छ । यस अवस्थाबाट पार्टीलाई उकास्न बैचारिक, ब्यवहारिक तथा रणनैतिक स्तरमा नयाँ सोच तथा नयाँ नेतृत्व आवश्यक देखिएको महशुस गरेको छु ।
धेरै जस्तो कार्यकर्ताको गुनासो अन्तर्घात कारण चुनाव हार्न परेको र वास्तविक उम्मेदवार पार्टीले पहिचान गर्न नसकेको नेताको निकटताका कारण टिक बाढेको कारणले चुनावमा नतिजा सोचे जस्तो आउन नसकेको ब्यापक जनगुनासो छ । मेरो बिचारमा नेपाली काग्रेस पछि पर्नुका कारणलाई मैले यसरी सोच्ने गरेको छु ।
१ .आफुले गरेको कामको प्रचार गर्न नसक्नु ।
२. जनतासगं प्रत्यक्ष संलग्नताकम हुन ।
३. दलित, महिला, जनजाती, मधेशी, बिपन्न, पिछडाबर्ग क्षेत्र तथा समुदाय आफनो पहिचान र समानताको आकंक्षा प्रकट गरीरहे , तर त्यो आकंक्षालाई काग्रेसले सम्बोधन गर्न सकेन ।
४. शहरीकरण, बसाइसराई, आर्थिक गतिविधिमा आएको परिर्वतन राजनैतिक सामाजिक चेतना यावत कुराले गर्दा समाजको बनोटमा ठुलो फेरबदल आयो तर पार्टीले त्यस अनुसार ब्यवार गर्न नसक्दा नयाँ सदस्य थप्नबाट बञ्चीत हुन पुग्यो, तसर्थ नयाँ मतदाता भित्राउन नसक्दा काग्रेस पछि रह्यो ।
५. संगठन ब्यवस्थापन शैली सार्है कमजोर रह्यो र रणनैतिनक योजना ल्याउन नसक्नु दुर्भाग्य रह्यो ।
६ .काग्रेसको पहिचान भनेको निषेध होइन समन्वय थियो तर एउटा गुटले अर्को गुटलाई देख्नै नसक्ने प्रवृति हाबी भयो, गुटबन्दी र शक्तिका आधारमा एकले अर्काको अस्तीतव स्वीकार गर्न नसक्नु र बलियोले कमजोरलाई निषेधको राजनिति गर्नाले इमान र क्षमता भएका व्याक्तिमा पार्टी प्रति बितृष्णा फैलिएकोले पार्टी कमजोर हुन पुग्यो ।
अन्त्यमा काग्रेस मजबुत हुन हामी सबैको इमान्दारीता जरुरी छ । कार्यकर्तालाई संरक्षण विधि र विधान शिरमाथि राखेर अनुशासनलाई बिशेष ख्याल राख्न जरुरी छ । नेताहरुको बिचारमा प्रष्टतता, सगंठनमा प्रतिबद्धतता र नेतृत्वमा एकता भयो भने मात्र हामीले सोचेको काग्रेस बन्न सक्छ । अनि मात्र यो जागरण अभियानले सार्थकता पाउने छ ।
लेखक -तिलक थापा तरुण दल क्षेत्र नम्बर १ कपिलवस्तुका क्षेत्रीय सभापति हुन