गृहपृष्ठ खबर होटल तथा रेष्टुरेण्ट व्यवसायिका लागि भ्याट सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।।

होटल तथा रेष्टुरेण्ट व्यवसायिका लागि भ्याट सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।।

राधा पाण्डे

कपिलवस्तु, भाद्र ३१

कपिलवस्तु जिल्लाका होटल तथा रेष्टुरेण्ट व्यवसायिलाई लक्षीत गरी भ्याट सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम जितपुरमा सम्पन्न भएको छ । गत आर्थिक वर्षदेखि होटल तथा रेष्टुरेण्ट व्यवसायिहरु अनिवार्य भ्याटको दायरामा गएको हुँदा भ्याट सम्बन्धि जानकारी दिन

कपिलवस्तुका होटल तथा रेष्टुरेण्ट व्यवसायिहरुले भ्याट सम्बन्धि एक दिने प्रशिक्षण पाएका छन् ।

गत आर्थिक वर्षमा होटल तथा रेष्टुरेण्ट व्यवसायिहरु अनिवार्य भ्याटको दायरामा गएको हुर्दा भ्याट सम्बन्धि जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको महासचिव पौडेलले जानकारी दिनु भयो । कार्यक्रममा भ्याटविल कसरी काट्ने खरीद्ध खाता र विक्री खाता कसरी भर्ने लगायतको बारेमा छलफल गरिएको थियो ।

सो प्रशिक्षण कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका कर अधिकृत पिताम्वर खनाल र प्रमोद खनालले प्रशिक्षण दिनु भएको थियो । होटल तथा रेष्टुरेण्ड व्यवसायि संघ कपिलवस्तु र आन्तरिक राजस्व कार्यालय कृष्णनगरले आयोजना गरेको कार्यक्रम वाणगंगा नगरपालिका चारनम्वर जितपुरको द गार्डेन होटलमा सम्पन्न भएको हो ।

होटल व्यवसायि संघ कपिलवस्तुका गोपाल बहादुर खत्रीको अध्यक्षता सचिव शिवराज सापकोटाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन माहासचिव रविन्द्र पौडेलले गर्नु भएको थियो । मदिरा व्यवसायि संघ कपिलवस्तुका कोषाध्यक्ष विष्णु सापकोटा लगायत ९० भन्दा बढि कपिलवस्तु जिल्ला भित्रका होटल तथा रेष्टुरेण्ट व्यवसायीको उपस्थित रहेको थियो ।

सम्बन्धित् समाचार