राधा पाण्डे
कपिलवस्तु, भाद्र ३१
कपिलवस्तु जिल्लाका होटल तथा रेष्टुरेण्ट व्यवसायिलाई लक्षीत गरी भ्याट सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम जितपुरमा सम्पन्न भएको छ । गत आर्थिक वर्षदेखि होटल तथा रेष्टुरेण्ट व्यवसायिहरु अनिवार्य भ्याटको दायरामा गएको हुँदा भ्याट सम्बन्धि जानकारी दिन
कपिलवस्तुका होटल तथा रेष्टुरेण्ट व्यवसायिहरुले भ्याट सम्बन्धि एक दिने प्रशिक्षण पाएका छन् ।
गत आर्थिक वर्षमा होटल तथा रेष्टुरेण्ट व्यवसायिहरु अनिवार्य भ्याटको दायरामा गएको हुर्दा भ्याट सम्बन्धि जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको महासचिव पौडेलले जानकारी दिनु भयो । कार्यक्रममा भ्याटविल कसरी काट्ने खरीद्ध खाता र विक्री खाता कसरी भर्ने लगायतको बारेमा छलफल गरिएको थियो ।

सो प्रशिक्षण कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका कर अधिकृत पिताम्वर खनाल र प्रमोद खनालले प्रशिक्षण दिनु भएको थियो । होटल तथा रेष्टुरेण्ड व्यवसायि संघ कपिलवस्तु र आन्तरिक राजस्व कार्यालय कृष्णनगरले आयोजना गरेको कार्यक्रम वाणगंगा नगरपालिका चारनम्वर जितपुरको द गार्डेन होटलमा सम्पन्न भएको हो ।
होटल व्यवसायि संघ कपिलवस्तुका गोपाल बहादुर खत्रीको अध्यक्षता सचिव शिवराज सापकोटाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन माहासचिव रविन्द्र पौडेलले गर्नु भएको थियो । मदिरा व्यवसायि संघ कपिलवस्तुका कोषाध्यक्ष विष्णु सापकोटा लगायत ९० भन्दा बढि कपिलवस्तु जिल्ला भित्रका होटल तथा रेष्टुरेण्ट व्यवसायीको उपस्थित रहेको थियो ।