गृहपृष्ठ खबर पार्टि आन्तरिक समस्यामा फस्दा जनतामा निरासा

पार्टि आन्तरिक समस्यामा फस्दा जनतामा निरासा

प्रकाशित मिति:

कपिलबस्तु असोज २
नेपालका सबै पार्टि आन्तरिक समस्यामा फस्दा जनतामा निरासा छाएको सभामुख कृष्ण बहादुर महराले एक कार्यक्रमका बिच बताएका छन् । उनले बर्तमान समयमा जनतामा छाएको निरासा संबोधनका लागि उच्च स्तरिए संयन्त्र गठन गर्नु पर्नेमा जोड दिएका थिए । कपिलबस्तु बहुमुखी क्याम्पसको ३९ औं स्थापना दिवस तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले हरेक गतिबिधिहरु सञ्चालनमा संबिधानको मर्म अनुसार अगाडि बढ्नु पर्ने बताएका थिए ।
नीतिगत रुपमा केन्द्रिय सरकार जवाफदेहि हुने , योजनागत पक्षमा प्रदेश सरकार केन्द्रित हुने र कार्यक्रम कार्यन्वयनमा स्थानिय तह केन्द्रित हुने भन्ने स्पिरिटमा संबिधान निर्माण भएको उनले जनाए । संबिधानमा तिन तहको अधिकारका बिषयलाई नीतिगत रुपमा संबोधन गरिए पनि ठोस रुपमा आउन बाँकी रहेको हुँदा बिधेयकलाई गम्भिरताका साथ निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा संघिय सांसद बृजेश कुमार गुप्ताले संबिधानको अभिभावकको भुमिकामा सभामुखले पहल गर्नुपर्ने बताए । पूर्वमन्त्री समेत रहेका गुप्ताले प्रदेशको राजधानी कपिलवस्तुलाई बनाउदा कसैको बिमती नआउने हुदा यहि नै उचित निर्णय हुनेमा जोड दिएका थिए । त्यस्तै भारतका लागि नेपाली पूर्ब राजदुत दिप कुमार उपाध्यायले मानबिय सुचांङ्कमा कपिलबस्तु जिल्ला पछि परिरहेको बेला यसको निराकरणका लागि सबै एक जुट हुनु पर्ने बताए । उनले क्याम्पसको आर्थिक पक्षको खोजी गर्नुपर्ने र शैक्षिक उन्नतीका लागि सबै तहको सरकारदेखि भुमिका बढाउनुपर्नेमा समेत जोड दिएका थिए ।
प्रदेश नं. ५ का सामाजिक बिकास संयोजक एबं सांसद दिर्घनारायण पाण्डेले प्रदेश सरकार बाट शिक्षा क्षेत्रमा बिकासका लागि पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्घता समेत ब्यक्त गरेका थिए । सो कार्यक्रममा सांसद धर्मलाल श्रीवास्तवले बर्तमान संबिधान प्रति असन्तुष्ट देखिएकोमा संबिधान संशोधन गर्नु पर्ने बताए । उनले कपिलबस्तुका पर्यटकिय क्षेत्रहरुको बिकास र संबद्र्घन गर्न सके आर्थिक रुपमा सबल हुने प्रष्ट पारे ।
क्याम्पस परिसरमा बिकास प्रेमी नेता तथा बरिष्ठ समाजसेबी स्वर्गीय भगवानदास गुप्ता र पुर्ब क्याम्पस प्रमुख स्वर्गीय गङ्गा सिंहको शालिक अनावरण गरिएको क्याम्पस प्रमुख बिनय पाण्डेले बताए । क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष रामदास गुप्ताको अध्यक्षता , सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा जिबनाथ मरासिनीको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार