गृहपृष्ठ खबर चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले प्रदेशस्तरीय अनुगमन समिति गठन

चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले प्रदेशस्तरीय अनुगमन समिति गठन

प्रकाशित मिति:

चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले सार्वजनिक यातायातको सेवा प्रभावकारी वनाउन र अनुगमन गर्न बुधवार  सहमति भएको छ । यातायात व्यवस्था कार्यालय, सेवा कार्यालयहरु र सरोकारवालाको समेत प्रतिनिधित्व हुनेगरी यात्रु सहायता कक्ष सञ्चालन तथा अनुगमनलाई प्रभावकारी बनाउने समेत निर्णय भएको छ ।बुधबार प्रदेश पाँचका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कार्यालयका कार्यालय प्रमुखहरु तथा यातायात व्यवसायी समेतको बैठकले दशैं लगायतका चाडपर्वमा यात्रुको सुरक्षित यात्रा व्यवस्थापनका लागि प्रदेश भित्रका सडकहरुको मर्मत संभार तथा सुधारको कामलाई निरन्तरता दिने र सवारीमैत्री वातावरण कायम राखी यातायात सेवालाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
यसका लागि सबै निकायले आफ्नो तर्फबाट पहल गर्ने समेत निर्णय गरिएको छ ।त्यस्तै भारतसंग जोडिएका नाकाहरुबाट चाडपर्व मनाउन नेपाल आउने यात्रुहरुलाई सुरक्षित र सहज यात्राको वातावरण तयार गर्न अन्तरसिमा समन्वयका लागि प्रमुख जिल्ला अधिकारीहरुले व्यवस्थापन गर्ने र दशैंको दिन समेत यातायात सञ्चालन गर्नका लागि व्यवस्था मिलाउने व्यवसायीहरुले प्रतिवद्धता गरेका छन् ।सोही बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको संयोजकत्वमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव, प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख, प्रदेश ससस्त्र प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष, सुरक्षित यात्रा अभियान नेपालका अध्यक्ष सदस्य तथा प्रादेशिक सडक तथा यातायात व्यवस्था महाशाखाका प्रमुख सदस्य सचिव रहेको प्रदेश स्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समिति गठन गरेको छ ।

सम्बन्धित् समाचार