गृहपृष्ठ खबर दाङको लमहीमा बेवारिसे शव फेला

दाङको लमहीमा बेवारिसे शव फेला

प्रकाशित मिति:

पुर्ण केसी / असोज ३, दाङ । जिल्लाको लमहीको एक जंगलमा महिलाको बेवारिसे शब फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीको जंगलमा महिलाको शब फेला परेको दाङ प्रहरीले बताएको छ ।
महिलाको शबलाई च्याउ खोज्न गएका बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शबको पहिचान हुन नसकेको र शब कुहिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शब अहिले लमही अस्पतालमा पोस्टमाटमको लागी राखीएको छ ।

सम्बन्धित् समाचार