वैखरी अनलाइन संवाददाता
नेपाली काग्रेस कपिलवस्तुले संविधान दिवस मनाएको छ । नेपाली काग्रेस कपिलवस्तु क्षेत्र १ क ले कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा दिप प्रज्वलन तथा कोण सभाको आयोजना गरी संविधान दिवस मनाएको हो ।
कोण सभामा बोल्दै अत्तहर कमाल मुसलवानले संविधानलाई असफल पार्न धेरै तत्व लागेको बताउदै काग्रेसले कुनै पनि कसरमा संविधानलाई असफल पार्न नदिने बताए ।
कार्यक्रममा नेपाली काग्रेस नेता तथा प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठ , कृर्षी श्रमिक सघं केन्द्रिय अध्यक्ष बिमला गैरे, तरुण दल जिल्ला सभापति खोम बहादुर सिहं ठकुरी, क्षेत्र कका सभापति शालिकराम थारु, बाणगंगा नगर कार्य समितिका कार्यबाहाक सभापति बिष्णु थापा, महासमिति सदस्य दुर्गा सेन लगायतले आआफनो धारणा राखेका थिए ।
कार्यक्रममा २ सय बढिको सहभागिता रहेको थियो ।