गृहपृष्ठ खबर नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

प्रकाशित मिति:

देवचुली,नवलपुर

देवचुली १५ प्रगतिनगर धौलागिरी चोकमा चेकजाँचको क्रममा लागुऔषध सहित पोखराका २ जना पक्राउ परेका छन् । शुक्रबार खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथमा बाट फेनरागन ३०,नोफिन ३० र डाईजोपम ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागुऔषध फेला परेको थियो ।

पुर्व पश्चिम राजमार्गमा पुर्व बाट पश्चिम (भैरहवाबाट बेनी म्याग्दी ) तर्फ जादै गरेको क्रममा लु १ ख ७३९३ नम्बरको बसमा सवार कास्की जिल्ला लेखनाथ ३२ बर्षीय कुमार खड्का र लेखनाथ २७ का ३२ बर्षका डेबिड क्षेत्री रहेको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभएको छ ।पक्राउ परेका दुई जनालाई अनुसन्धान कार्य भैईरहेको छ ।

सम्बन्धित् समाचार