गृहपृष्ठ खबर रुस पुगेका कपिलवस्तुका यादब हत्या गरिएको १८ दिनपछि बाकसमा फर्किए

रुस पुगेका कपिलवस्तुका यादब हत्या गरिएको १८ दिनपछि बाकसमा फर्किए

प्रकाशित मिति:

कपिलवस्तु । रुसमा हत्या गरिएका कपिलवस्तु नगरपालिका–३ ठूलो सडवाका २६ वर्षीय राज कुमार यादवको शव १८ दिनपछि घरमा ल्याइएको छ । काठमाडौंबाट शुक्रबार दिउँसो उनको शव घर ल्याइपु¥याइएको हो । बैदेशिक रोजगारीका लागि टुरिस्ट भिसामा रुस पुगेका यादवको गत भदौ १६ गते एक महिलासहित तीन जनाको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

लुटेराहरुको सो समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनबाट उत्रने क्रममा यादवको हत्या गरेका मृतकका काका राम निवाश यादवले बताए । पेटमा गहिरो घाउ भएको र अत्यधिक रक्तश्रवा भएको कारण राज कुमारको मृत्यु भएको थियो ।

सीसी टिभीको फुटेजको आधार हत्याराहरु पक्राउ परेका थिए । मृतक यादवको शव रुसकै एक अस्पतालमा राखिएको थियो । एनआएन रुस र नेपाल सरकारको पराष्ट्र मन्त्रालय लगायतको पहल पछि शवलाई नेपाल फर्काइएको हो । राजकुमार अबैधानिक रुपमा रुसको पास्ता सिटीमा विभिन्न कम्पनीको सिम कार्ड आपूर्ती गर्ने काम गर्दै आएका थिए ।

जसका कारण राज कुमारको शव नेपाल ल्याउन कठिनाई भएको थियो । नेपाल र भारतमा रहेका एनआएन समूहले आर्थिक संकलन एवं पहल गरेर शव नेपाल पठाएका काका राम निवाशले जानकारी गराएका छन् । एनआरएन रुसका उपाध्यक्ष सुमन रिजालले शव नेपाल पठाउन बिशेष पहल गरेका थिए ।

२०७२ सालमा राज कुमार रुस पुगेका थिए । उनको ४ बर्ष पनि नपुग्दै यो घटना भएको हो । घर परिवारको आर्थिक स्थिति बढाउन रुस हानिएका राज कुमारको शव बाकसमा आएपछि सडवा गाउनै शोकमा डुबेको छ । त्यही गाउमा घर भएका प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्वले राज कुमारको दुःखद मृत्युले सडवा गाउ नै गहिरो शोकमा डुबेको बताए ।

‘राज कुमार शिक्षित पढेलेखेको गाउँको केटा थियो । उसको मृत्युले गाउमा शोकको माहौल छ’ उनले भने । मृतककी श्रीमती र एक सात महिने छोरा तथा ३ दाजुभाई, एक दिदी र आमाबुवा छन् । श्रीमानको मृत्युको खबर पाएदेखि नै राज कुमारकी श्रीमती राज कुमारी यादव अर्धचेज बनेकी छन ।

सम्बन्धित् समाचार