गृहपृष्ठ Featured न्यु युनिक कम्प्युटर इन्ष्टिच्युट जितपुरले गर्याे बिद्यार्थीहरु लाई स्वागत तथा बिदाई

न्यु युनिक कम्प्युटर इन्ष्टिच्युट जितपुरले गर्याे बिद्यार्थीहरु लाई स्वागत तथा बिदाई

राईटस्टेप एजुकेसन एकेडेमि कपिलवस्तु प्रा.ली.को साखाका रुपमा संन्चालित न्यु युनिक कम्प्युटर इन्ष्टिच्युटले कम्प्युटर साक्षरता अभियान कार्यक्रममा नयाँ बिद्यार्थीहरु लाई स्वागत तथा पुराना बिद्यार्थीहरु लाई बिदाई गरेको छ । जिल्लाकौ मात्र नभएर सिङ्गगो देशमै आफ्नो परिचय बनाउन सफल राईटस्टेप एजुकेसन एकेडेमि कपिलवस्तु प्रा.ली.ले आफ्ना साखाहरु बिस्तारका क्रममा देसकौ सातै वटा प्रदेस र बयालिसवटा जिल्लामा विषेस पहिचान बनाएको छ । राईटस्टेप एजुकेसन एकेडेमिको जितपुर साखा न्यु युनिक कम्प्युटर इन्ष्टिच्युटले २०७६ .०७७ का नयाँ बिद्यार्थीहरु लाई स्वागत र २०७४.०७५ मा कम्प्युटर शिक्षा लिएका बिद्यार्थीहरुलाई सर्टिफीकेट र मार्गसिट बितरण गर्दै बिदाई गरेको हो ।

स्वागत तथा विदाई कार्यक्रमा बोल्दै प्रमुख अतिथी प्रदेस सभा सदस्य बिष्णु पन्थीले कम्प्युटर शिक्षा आजको आवस्यकता मात्र नभएर अनिवार्य शिक्षाका रुपमा रहेको बताए । सिंगो विश्वलाई बन्द कोठा भित्रबाटै नियाल्न सकिने प्रविधीयुक्त युग बनिसकेको सन्र्दभमा राईटस्टेप एजुकेसन एकेडेमि कपिलवस्तु प्रा.ली.ले देसका अधिकांस जिल्लाहरुमा अब्बल रहेदै बिद्यार्थीहरु लाई प्रबिधी संग जोड्ने मैका दिएकोमा धन्यवाद तथा सफलताको सुभकामना दिए । उनले बिद्यार्थीहरु लाई सर्टिफीकेट र मार्गसिटलाई सजाएर नराखि छिटो भन्दा छिटो प्रयोगमा ल्याउन आग्रह गरे ।

त्यस्तै क्यान नेपाल कपिलवस्तुका अध्यक्ष सन्दीप श्रिवास्तवले सिकेका सिकाई हरुलाई बिद्यार्थीहरुले भोलिबाटनै प्रयोगमा ल्याई आफु आफ्नै खुट्टामा उभिएमा मात्र जिवनले सार्थकता पउने बताए । उनेले परिर्वतन भईरहने प्रविधीलाई निरन्तरता दिईरहन बिद्यार्थीहरु लाई सचेत बनाएका थिए । न्यु युनिक कम्प्युटर इन्ष्टिच्युट २०७४.०७५ मा  प्रथम सिवरजिया चैधरि, द्धितिय अक्षय कुमार बराई ,तृतिय देवका घिमिरे भएका थिए ।

कार्यक्रममा राईटस्टेप एजुकेसन एकेडेमि कपिलवस्तु प्रा.ली.का संथापक अध्यक्ष दिपेन्द्र पौडेल , न्यु युनिक कम्प्युटर इन्ष्टिच्युटका संन्चालक घनश्याम चैधरि , तैलिहवा साखाका संन्चालक विकास पाण्डे , सालझन्डी तथा हरैया साखाका संन्चालक जिवलाला खनाल , बरिष्ट शिक्षाबिद रामप्रसाद पाण्डे लगायत २०० भन्दा बढि बिद्यार्थीहरुको उपस्थीति रहेको थियो । बिद्यार्थी छात्रा मनिषा गैरेको स्वागत तथा वैखरि अनलाईनका सहसंम्पादक हरि घिमिरेको संन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार