गृहपृष्ठ जीवन शैली अभिभावकले बच्चालाई सानैदेखि सिकाउनैपर्ने १० कुराहरू

अभिभावकले बच्चालाई सानैदेखि सिकाउनैपर्ने १० कुराहरू

प्रकाशित मिति:

यो सबैका लागि अति उपयुक्त कुरा एक अर्कामा सेयर गरौँ । हुने बिरुवाको चिल्लो पात, ‘नानीदेखि लागेको बानी’ जस्ता यस्ता अनेकौँ नेपाली युक्ति हामी सबैलाई थाहा छ । यसैले भविष्य राम्रो बनाउँने हो भने बच्चादेखि नै चिल्लो पात हुनेगरी बनाउँन जरुरी छ । अर्थात बच्चा बेलादेखि लागेको बानी छुट्न गाह्रो हुन्छ । त्यसैले आफ्नो बालबच्चाहरुलाई सानैदेखि राम्रो कुरा सिकाउन जरुरी छ ।

जसले गर्दा बच्चालाई राम्रो मानिस बन्नको लागि मद्दत गर्छ ।बच्चालाई राम्रो बानी सिकाउने जिम्मेवारी आमाबुबा र अभिभावकको हो । कतिपय कुराहरु बच्चा आफैले भोगेर सिक्छन् । कतिपय कुराहरु आमाबुवाले नै सिकाउनुपर्ने हुन्छ । कतिपय कुरा ठूलो भएपछि आफै सिक्छन् तर केहि यस्ता बानी हुन्छन जुन बच्चामै सिकाउनुपर्छ ।

१ सही र गलतको फरक छुट्याउन सिकाउनुहोस् स्( बच्चालाई सही र गलतको फरक छुट्याउन सिकाउनुहोस । अनि मात्र उनीहरुमा निर्णय लिने क्षमताको विकास हुन्छ । यदि बच्चा सही र गलत विच फरक छुट्याउन सक्ने हुन्छन् । उनीहरुले कहिले गलतको पनि साथ दिँदैनन् । सहीको नै साथ दिन्छ ।


२ आफुभन्दा ठूलो मानिससँग बोल्न सिकाउनुहोस् स्( सबैभन्दा पहिला बच्चालाई आफुभन्दा ठूलाको आदर गर्न सिकाउनुहोस् । उनीहरुलाई ठूलो मानिसहरुसँग बोल्दा कसरी शिष्टाचारमा रहेर कुरा गर्नुपर्छ भनेर सिकाउनुपर्छ त्यसको साथै सम्मान गर्न पनि सिकाउनुपर्छ ।
३ धैर्य राख्न सिकाउनुहोस् स्( आजकलको बच्चामा धैर्यताको कमि देखिन्छ । उनीहरुलाई हरेक कुरा चाँडो र हातमै चाहिन्छ । बच्चालाई धैर्य गर्न सिकाउनुहोस । उनीहरुलाई धैर्य र मेहनतले नै सबै काम बन्छ भनेर सिकाउनुहोस ।

४ सेयरिङ गर्न सिकाउनुहोस स्( बच्चामा सुरुबाट नै सबैकुरा अरुसँग बाड्ने बानी गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यसबाट सम्बन्ध बलियो हुन्छ । यसले गर्दा बच्चाले अरुको भावना र आवश्यकताको पनि ख्याल राख्न सिक्छ । बच्चालाई कुनै पनि वस्तु वा सविधा सिर्फ उनको लागि मात्र होइन भनेर सिकाउनुपर्छ ।
५ अर्कालाई सहयोग गर्न सिकाउनुहोस स्( यदि कोही समस्यामा छ वा कसलाई तपाईको आवश्यक भएको हुन सक्छ । बच्चालाई यस्तो कुरा सिकाउनुहोस । जसले गर्दा उनीहरुमा अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना आउँछ । उनीहरुको भावनालाई प्रेरित गर्नुहोस । सिर्फ चिनेकाहरुको मात्र होइन, आवश्यक परेको मानिस सबैलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुहोस् ।

६ समयको कदर गर्न सिकाउनुहोस स्( आफ्नो बच्चालाई समयको कदर गर्न सिकाउनुहोस । जीवनमा अगाडि बढ्नको लागि समयको कदर गर्नु एकदमै जरुरी हुन्छ । आफ्नो काम प्रति निष्ठावान बनाउनुहोस । बच्चालाई काम प्रति जहिले पनि इमान्दार बन्न सिकाउनुहोस् । बच्चालाई हरेक काम परर्फेक्ट गर्न सिकाउनुहोस् । बच्चालाई लापरवाहीसँग काम गर्ने बानीबाट बचाउनुहोस ।
७ थ्याङ्क्यु र सरी भन्न सिकाउनुहोस स्( बच्चालाई थ्याङ्क्यु र सरी भन्न सिकाउनुहोस । यसबाट बच्चाहरुमा अरु प्रति सम्मानको भावना विकसित हुन्छ ।ठूलोको कुरा मान्नु(बच्चालाई जहिले पनि ठूलाले भनेको कुरा मान्नुपर्छ भनेर सिकाउनुपर्छ । उनीहरुको दिमागमा एउटा छाप बनाइदिनुहोस कि ठूलोले केहि कुरा भनेको तिम्रो हक र हितकै लागि हो ।

८ प्रार्थना गर्न सिकाउनुहोस स्( बच्चाहरुलाई हरेक दिन प्राथना गर्ने बानी बसाल्न सिकाउनुहोस् । यसबाट बच्चामा आत्मविश्वास बढ्छ । प्रार्थना गर्दा बच्चामा सकारात्मक विचार र एकाग्रतामा सुधार आउँछ ।इमान्दार बन्न सिकाउनुहोस – बच्चाहरुलाई इमान्दार बन्न सिकाउनुहोस। इमान्दार बन्दा के हुन्छ भनेर सिकाउनुहोस । यदि तपाईको बच्चा इमान्दार भयो भने उसले कहिले पनि झुट बोल्दैन् र गलत काम पनि कहिले गर्नेछैन् । यो सबैका लागि अति उपयुक्त कुरा हो जानकारीकोलागी एक अर्कामा सेयर गरौँ ।

जिद्दी बालबालिकालाई यसरी बनाउनुस् अनुशासित
जिद्दी बालबालिकालाई सम्हाल्नु र अनुशासित बनाउनु अभिभावकको सबैभन्दा ठूलो चुनौती हो। खाना,नुहाउन खुवाउनदेखि सुताउनसम्म हरेक कुरामा बालबालिकालाई सम्झाउन वा फकाउन जति गाह्रो अरु केही काम हुँदैन। जिद्दी बालबालिकालाई सम्हाल्ने सबैभन्दा राम्रो तरिका हो कि तपाईंले उनीहरुको नराम्रो काममा कुनै प्रतिक्रिया नदिने र राम्रो काम गर्दा सधै तारिफ गर्ने।

सुन्नुस् वहस नगर्नुस्
यदी तपाईं चाहनुहुन्छ कि बच्चाले तपाईंले भनेको मानोस् । यसका लाागि स्वयं तपाईले उनीहरुको कुरा बारे ध्यान दिन र सुन्न जरुरी छ।मजवुत इच्छाशक्ति भएका बच्चाको आकांक्षा र जिद्दी पना पनि बढी हुन्छ। त्यसको विरुद्ध तपाई बहसमा वा उनीहरुसँग यसो हुन्न, यस्तो हुन्छ भन्ने वहसमा नउत्रनु होस्। यदी तपाईंले उनीहरुको कुरा सुन्नु भएन भने उनीहरु धेरै जिद्दी हुनेछन्।यदी बालबालिकालाई आफूलाई अभिभावकले वास्ता नगरेको भान पर्यो भने उनीहरु विस्तारै विस्तारै तपाईको हरेक कुरालाई वेवास्ता गर्दै जान थाल्छन्। धेरै सयमदेखि बच्चाले केही गर्ने कुराको जिद्दी गरिरहेको खण्डमा उसको कुरा राम्रोसँग सुनिदिनु आवश्यक हुन्छ । उसको कुरा सकिनुभन्दा पहिला गाली गर्नु हुँदैन। बालबालिकासँग कहिल्यै रिसाएर कुरा गर्नु हुदैन्।

बच्चासँग जबरजस्ती नगर्नुहोस्
जब तपाई कुनै पनि कुरालाई लिएर बालबालिकासँग जबरजस्ती गर्नुहुन्छ भने स्वभावत तपाई बच्चा बिद्रोही हुँदै जान्छन् । तत्कालका लागि जबरजस्ती गरेर त काम बन्नला तर पछि गएर यो खतरनाक हुँदै जान्छ। सकेसम्म आफ्ना बालबालिकासँग कुराकानी र समय विताउँने गर्नुस्। जस्तो ८ वर्षको तपाईको छोरा वा छोरीले टीभी हेर्ने जिद्दी गरे भने जबरजस्ती गरेर कुरा मिल्दैन। यसको सट्टा तपाई उनीहरुसँग बस्नुहोस् र यो कुरामा रुची राख्नुहोस् कि उ टिभीमा के हेर्दैछ। तपाईले उनीहरुको कार्यमा रुची देखाउनु भयो भने तपाईंको कार्यमा पनि उनीहरुले रुची देखाउनेछन् र तपाईसँग उनीहरु निकट भएको र आत्मिताको महशुस गर्न सकनेछन्। जिद्दी बच्चासँग यस्तै व्यवहार गर्नुहोस् , यसले गर्दा उनीहरुको जिद्दीपन हट्नुका साथै अनुशासित बन्नेछन्। उ

शान्त रहनुहोस्
यदी तपाईं हरेक कुरामा आफ्ना छोरा छोरीलाई गाली गर्नु हुन्छ भने तपाईको बच्चा तपाईको चिच्याहठलाई बोलिको लडाईको रुपमा लिन सकछन्। उसलाई हरेक कुरामा चिच्याएर आफ्नो कुरा जबरजस्ती राख्ने बानी पर्न जान्छ। त्यसैले आफ्ना बालबालिकालाई राम्रो र अनुसासित बनाउनका लागि मिठोसँग बोल्ने गर्नुस् ता कि तपाईंबाट बालबालिकाले सिकुन्।

बालबालिकाको सम्मान गर्नुहोस्
तपाईं आफ्ना छोराछोरीले आफूलाई सम्मान गरेनन् भनेको मानेनन्, जिद्दी भए भनेर दुख मनाउ गरिरहनु भएको छ भने आफूले उनीहरुमाथि गर्ने व्यवहार बारे पनि सोच्नुहोस् । बालबालिकालाई आफूले कस्तो व्यवहार, सम्मान गरेको छु भन्ने कुरा थाहा पाउनु भयो भने उनीहरुको व्यवहार किन यस्तो भइरहेको छ भन्ने थाहा हुन्छ। भन्नुको मतलव तपाईले बालबालिकालाई सम्मान, माया दर्शाउन कन्जुस्याई नगर्नुहोस्।

विकल्प दिनुहोस्
बालबालिकाको आफ्नो दिमाग हुन्छ र उनीहरु सधै त्यस्तो काम गर्न मन पराउँछन् जो उनीहरुलाई भनिएको हुँदैन। यदी तपाईले आफ्नो ५ वर्षको बच्चालाई जबरजस्ती ८ बजेभन्दा पहिला सुत्न जा भन्ने आदेश दिनुहुन्छ भने उसले त्यसलाई अस्विकार गर्न सकछ। तर तपाईंले उसलाई आदेश दिनुको सट्टा उसलाई सोध्नुस् कि सुत्नुभन्दा पहिला कुन कथा सुन्न मन पराउँछ। बालबालिकालाई आदेश होइन उसलाई सुझाव र विकल्प दिनुहोस्। यदी तपाईंको बच्चाले म सुत्न जान्न भन्ने जवाफ दियो भने तपाईं नरिसाउनुहोस्। उसलाई सुत्न पठाउनका लागि विभिन्न विकल्पहरु दिनुहोस्। यसो गर्नाले बालबालिकाले जिद्दी छोड्दै जानेछन्। यो सबैका लागि अति उपयुक्त कुरा हो जानकारीकोलागी एक अर्कामा सेयर गरौँ ।

सम्बन्धित् समाचार