नेपाल कम्युनिस्ट पार्टी नेकपा कन्चन गाउँ कमिटीको तेस्रो बैठक सम्पन्न भएको छ । प्रदेश ५ नेकपा पार्टीका संगठन विभागका प्रमुख तथा मुख्य सचेतक भुमिश्वर ढकालको प्रमुख आतिथ्यता, रुपन्देही पार्टी जिल्ला सचीव निर्मल जिसिको विशिष्ट आतिथ्यता संगै सम्पन्न बैठकमा जिल्ला सदस्यहरु, क्षेत्रीय सदस्यहरु लगायत गाउँकमिटी सदस्यहरुको उपस्थिति रहेको थियो।
कन्चन गाउँकमिटीका अध्यक्ष भरतमणी सापकोटाले बैठकका एजेन्डा, पुष्पराज शर्माले प्रदेश सर्कुलर र हिमा वेलवासेले जिल्ला र क्षेत्रको कार्यपत्र प्रस्तुत गरेसङै शुरु भएको बैठकमा संगठन पार्टी नविकरण सम्बन्धमा, वडा कमिटी बैठक र प्रशिक्षण कार्यक्रम र पार्टी र जनप्रतिनिधिबिचको समन्वय र समिति गठन र यहि असोज १२ गते रामपुरमा हुने क्षेत्रीय पार्टी प्रशिक्षण कार्यक्रमका सम्बन्धमा छलफल गरिएको थियोे ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश पार्टी मुख्य सचेतक ढकालले कमिटीको मर्यादा र जिम्मेवारीलाई बुझ्दै पार्टीका कामलाई ससक्त रुपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ। नेता ढकालले नेताले कार्यकर्ता्विच गरेका बाचालाई पूरा गर्ने बताउँदै मन र भावना मिलाउदै काम गर्न सकेमात्र पार्टी शसक्त ढङ्गबाट अगाडि बढ्ने बताउनुभयो ।
साथै नेकपाले सबै जनताको भावनाको कदर गर्दै पार्टीका काम र विकासका काम गर्ने हुँदा सम्पुर्ण पार्टी कार्यकर्ता त्यसै अनुसार लाग्नुपर्नेमा जोड दिनुभएको छ । यस्तै आफुले प्रदेशबाट कञ्चन क्षेत्रको हरैयादेखी बासगढी सम्मको बाटोलाई २ करोड ५० लाख छुट्याएको, पिपरिचापा र भैसाहीको बाटोलाई ५० लाख पारेको, कन्चनका धेरै ठाउँमा खानेपानी योजनामा बजेट पारेको र थप रकम पार्न पहल गरिरहेको, धेरै क्षेत्रको विकासमा बजेट पार्न सफल भएको र यस कार्यलाई निरन्तरता दिदै जाने पनि बताउनुभएको थियो ।
यस्तै आज नै कञ्चन २ मा भाडामा लिने गरि पार्टी सम्पर्क कार्यालय तोक्दै उद्घाटन भएको पनि प्रमुख अतिथी ढकालले घोषणा गर्नुभएको छ । पार्टी जिल्ला सचीव निर्मल जिसिले पार्टीलाई मजबुत र सक्रिय बनाउन कमिटी सदस्यहरु असल र सक्रिय भएर साथी र जनताको भावना बुझेर काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
उहाँले गाउँ कमिटीले जिल्ला र प्रदेशले सर्कुलर गरेका कुरालाई समयमै पार्टी कार्यकर्ता माझ पुर्याउनुपर्ने बताउनुभएको छ । यस्तैगरी क्षेत्रीय संयोजक नरबहादुर घर्तिमगरले पार्टी सदस्य नविकरण सम्बन्धमा स्पष्ट पार्दै वडा कमिटीहरुले क्षेत्रीय र गाउँकमिटीले सर्कुलर गरेर मात्र काम गर्नेमात्र नभएर आवस्यकता अनुसार काम गर्न आग्रह गर्नुभएको छ ।
पार्टी्भित्र पदिय जिम्मेवारीमा कोहि छुटेको र कसैलाई चित्त नबुझेको पनि भएता पनि सबै मिलेर पार्टीलाई मजबुत बनाउनुपर्ने ब्ताउनु भएको थियो । साथै उहाँले विकासका हरेक गतिविधिमा पार्टी कार्यकर्ता पनि सक्रिय भएर लाग्नुपर्ने र सजग बनाउनुपर्नेमा जोड दिनुभएको थियोे ।
त्यस्तै कन्चन पार्टी अध्यक्ष भरतमणी सापकोटाले वडा कमिटिहरुलाई सक्रिय रुपमा कमिटीलाई अगाडि बढाउन र लाग्न अनुरोध गर्दै पार्टीका कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भएको छ । पार्टी कन्चन गाउँकमिटी अध्यक्ष भरतमणी सापकोटाको अध्यक्षता, गाउँकमिटी पार्टी सदस्य पुस्पराज शर्माको स्वागत तथा गाउँकमिटी सचीव बिनोद पुनको सञ्चालनमा भएको बैठक रुद्रपुर सामुदायिक वनको सभाहलमा सम्पन्न भएको हो ।










