वैखरी अनलाइन
शनिबार देखि बेवारिसे अवस्थामा रहेकी बालिका लाई परिवारको जिम्मा लगाइएको छ ।
बाणगंगा नगरपालिका राजापानी घर भएकी अनुश्का कुमाललाइ इलाका प्रहरी कार्यालय पिपराले परिवारको जिम्मा लगाएको हो ।
बेवारिसे बालिकाका बुबा बिष्णु कुमाल र फूपु लाई प्रहरीले बालिकाको जिम्मा लगाएको छ । बालिकाकी आमाले अर्कै घर बसाएकी तथा बालिकाका बुबाले बालिका लाई सडकमा छोडेर हिडेँ पछि बालिका बेवारिसे भएको प्रहरीले जनाएको छ ।