गृहपृष्ठ खबर कपिलवस्तुमा चालक अनुमती पत्र (लाइसेन्स ) बिनै चलाइन्छ अटो रिक्सा

कपिलवस्तुमा चालक अनुमती पत्र (लाइसेन्स ) बिनै चलाइन्छ अटो रिक्सा

प्रकाशित मिति:

अशोक पौडेल
जितपुर(कपिलवस्तु)
कपिलवस्तुको बाणगंगा चार नः जितपुरमा सञ्चालनमा रहेका अधिकाशं अटोरिक्सा चालकसगं सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ ।

अटोरिक्सा सञ्चालनका लागी नेपाल सरकारले प्रदान गर्ने सवारी चालक अनुमति पत्र अन्तर्गत लाइसेन्स लिनु पर्ने सरकारी ब्यवस्था रहेको छ । यद्यपी जिल्लाको चार नम्बर जितपुरका अटोरिक्सा चालकहरु मध्य अधिकाशंसगं लाइसेन्स नभएको पाइएको छ । जसका कारण सवारी र्दुघटनामा पनि बृद्धि भएको छ ।

ठुलो धनजनको क्षती हुने गरी हालसम्म खासै कुनै दुर्घटना नभए पनि सम्भावित दुर्घटना न्युनिकरणका लागि पनि सवारी चालक अनुमती पत्र अनिवार्य गर्नु पर्ने स्थानियहरू बताउछन  । सवारी चालक अनुमति पत्र नभई अटोरिक्सा चलाएर हुने गरेका सामान्य सडक दुर्घटनालाई ब्यवहारिक रुपमा प्रहरी प्रशासनले मिलाउने गरेको छ ।

नेपाल सरकारले अटोरिक्सा चालकलाई ग वर्ग अन्तर्गत लाइसेन्स दिने गरेको छ । चार नम्बर जितपुरमा सञ्चालनमा रहेका अधिकाशं अटोरिक्सा चालकसगं सवारी लाइसेन्स नभई चलाउने गरेको अटोरिक्सा चालक स्वयमले स्वीकार गर्ने गरेका छन ।

बिशेष गरेर बाणगंगा नगरपालिका घोषणा भएपछि भित्रिएका अटोरिक्सा चालकका रुपमा १६÷१७ बर्षका किशोर देखि ५०÷५५ बर्ष सम्मका बयस्क रहेका छन ।

करिव २ बर्ष अटोरिक्सालाई कुन तरिकाले चलाउने, लाइसेन्स, ब्लुबुक, जाचपास हुने की नहुने भन्ने बिवाद रहेकोमा मन्त्रीपरिषदको बैठकले (ह) अन्तर्गत नम्बर दिई सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यो पनी पढ्नुहोस् बाणगंगामा अटो-इरिक्साको मनपरि । ५ गुणा बढि भाडा असुली । नगर मौन

सम्बन्धित् समाचार