गृहपृष्ठ अर्थ/वाणिज्य एनएमबी र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असोज ११ गतेबाट

एनएमबी र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असोज ११ गतेबाट

प्रकाशित मिति:

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गते शनिबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन्। एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट असोज १ गते अन्तिम स्वीकृति प्राप्त गरेको हो।

यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते एनएमबि बैंकले ओमको सम्पत्ति तथा दायित्व सकार्ने।ब्यहोर्ने गरि एकीकृत कारोबार थाल्न अनुमति प्रदान गरेसँगै एकीकृत कारोबारको मिति तय भएको हो।

यससँगै असोज ११ गते शनिबारदेखि ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकमा विलय भएर एनएमबि बैंक कै नामबाट कारोबार हुनेछ।

एनएमबि बैंकको गत साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले गाभ्ने/गाभिने प्रस्ताव पारित गरेका थिए। दुई बैंकबीच गत जेठ २ गते मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।

एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेशियोमा मर्जरमा गरेका हुन् ।

मर्जरपश्चात एनएमबी बैंकको कूल पूंजी तथा जगेडा कोषमा बृद्धि भई रु.२० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः रु. १ खर्ब १९ अर्ब र रु. १ खर्ब १३ अर्ब पुग्नेछ ।

सम्बन्धित् समाचार