गृहपृष्ठ Featured वाणगंगााकाे नेपाल फेब्रीक इन्डस्ट्रीजमा आगलागी, ४ करोड बढीको क्षती

वाणगंगााकाे नेपाल फेब्रीक इन्डस्ट्रीजमा आगलागी, ४ करोड बढीको क्षती

प्रकाशित मिति:

नेपाल फेब्रीक इन्डस्ट्रीजमा गएराति आगलागी भएको छ । कपिलवस्ुतको वाणगंगाा नगरपालिका वडा नं २ मा रहेको नेपाल फेब्रीक इन्डस्ट्रीजमा गय राति ११.४० तिर विद्युत सट भएर आगो लागेको थियो । आगलागीबाट ४ करोड बढीको क्षती भएको छ । २ करोड ५० लाख बढीको स्टक सामान, ३० लाख बढीको मेसीनरी सामानका साथै भवन पूर्ण रुपमा जलेर नष्ट भएको नेपाल फेब्रीक इन्डस्ट्रीजका संचालक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

राति ११ः४० तिर लागेको आगो वाणगंगा नगरपालिकाको दमकल र कपिलवस्ुत नगरपालिकाको दमकलको सहायताले बिहान ३ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।

प्लास्टिक जन्य सामान भएकोले आगो नियन्त्रणमा आउन समय लागेको र सबै सामान सहित भवन जलेर पूर्ण रुपमा नष्ट भएको बताइएको छ । यसबारे भने प्रहरीले कुनै प्रतिक्रिाया दिएको छैन ।

सम्बन्धित् समाचार