नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद अतहर कमालले दुई तिहाईको बर्ममान सरकारले जन बिरोधी काम गर्दा जनतामा निराशा छाएको बताएका छन । संघ, प्रदेश र स्थानीय तहमा नेकपा कै सरकार रहे पनि जन चाहना अनुसार नेकपाले काम गर्न नसकेको उनले बताए ।
दोश्रो चरणको जागरण अयिभानको समापनका अवसरमा पार्टीको तौलिहवा स्थित कार्यालयमा राखिएको बिरोध सभामा सम्बोधन गदैृ नेता कमालले नेकपाले गरेको जन बिरोधी कामका कारण देश लथालिङग अवस्थमा पुगेको बताए । उनले अहिले नेकपाले अदालत अख्तियार र प्रशासकहरुलाई आफनो बसमा पारेकोले जनतामा तीब्र निराशा छाएकोे बताए । अख्तियारलाई समेत आफनो नियन्त्रण्मा राखेर आफना भष्ट्रचारमा मुछिएका आफना नेताहरुलाई नेकपाले उन्मुक्ति दिन खोजेको उनले बताए । सरकारले ल्याएको राष्ट्रिय परिचय पत्र बेतुकको रहेको भन्दै नेकपालाइृ पोस्न मात्र यो ल्याईएको उनले आरोप लगाए ।
‘ नागरिकता, राहदानी लालपट्टा यथावत नै रहन्छ, यस्तोमा राष्ट्रिय परियच पत्रबाट जनतालाइए के फाईदा हुन्छ उनले प्रश्न तेर्साए । परिचय पत्रकालागि १ अर्वको ठेक्का सिर्धै फ्रान्सको एक कम्पनीलाइए दिईएको छ यसमा नेकपाले आधा हिस्सा पाउछ ’ उनले भने । उनले राष्ट्रपति कुनै पार्टी बिशेषको मात्र नभै संस्थागत हुनु पनेै र मर्यादामा बस्नु पर्ने बताए ।
सो अवसरमा सांसद अभिषके प्रताप शाहले दुइृ तिहाईको सरकारले जनतालाई केही दिन नसकेको बताए । दइृ तिहाईको सरकारले जनतालाई बिभिन्न बाहानमा दुःख मात्र दिएकाले अब यो सरकार धेरै नचल्ने बताए । सो अवसरमा कांग्रेस नेता दीप कुमार उपाध्यायले दुइृउ तिहाईकारको कार्यशैलीले जनतामा निराशा छाएको बताए ।
पार्टी सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षता, प्रेम बहादुर रायमाझीको संचालनमा भएको कार्यक्रममा प्रदेश सदस्य बिरेन्द्र कनौडिया, मिलनबाबु श्रेष्ठ, अयोध्या प्रसाद यादव, निमा गिरी सुधाकर पाण्डेय, महेन्द्र पाठक लगायतले मन्तब्य दिएका थिए