गृहपृष्ठ खबर रुपन्देहीको कञ्चन ५ मा झुण्डिएर एकजनाले गरे आत्महत्या ,

रुपन्देहीको कञ्चन ५ मा झुण्डिएर एकजनाले गरे आत्महत्या ,

प्रकाशित मिति:

 

रुपन्देहीको कञ्चन गाँउपालिका वडा नंबर ५ मा एकजनाले झुण्डिएर आत्महत्या गरेका छन । बर्गदवा निवासी ३८ बर्षिय डिल्लीराम अधिकारीले आज बिहान प्लाष्टिकको डोरीले पासो लगाएर आत्महत्या गरेका हुन ।

बिहान करिब ६ बजेको समयमा भैसी दुहुन गोठमा गएका उनी धेरै बेरसम्म पनि नआएपछि श्रीमती शुशिला अधिकारी गोठमा पुग्दा उनलाई झुण्डिएको देखेपछि डोरी काटेर उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा लैजाने क्रममा उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय थकालीचोकले जनाएको छ ।

केही समय पहिले बैदेशिक रोजगारबाट घर फर्केर किराना र कस्मेटिक पसल सञ्चालन गर्दै आएका अधिकारीका २ छोरी रहेका छन । के कारणले आत्महत्या गरे भन्नेबारे केही नखुलेको ईलाका प्रहरी कार्यालय थकालीचोकका प्रहरी निरिक्षक ईन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार