गृहपृष्ठ खबर पशु सेवा शाखा कञ्चनद्धारा मासु पसलहरुको अनुगमन तथा निरिक्षण,

पशु सेवा शाखा कञ्चनद्धारा मासु पसलहरुको अनुगमन तथा निरिक्षण,

रुपन्देहीको कञ्चन गाँउपालिकामा सञ्चालित मासु पसलहरुको आज अनुगमन तथा निरिक्षण गरिएको छ । पशु सेवा शाखा कञ्चन गाँउपालिकाको आयोजनामा वडा नंबर ३, ४ र ५ भित्र सञ्चालित गरगरेदेखी हरैयासम्मका बिभिन्न मासु पसलहरुमा अनुगमन गरिएको हो ।

स्वच्छ , सफा र स्वस्थ मासु उपभोक्ताले उपभोग गर्न पाएका छन कि छैनन , अर्थात उपभोक्तालाई स्वच्छ र सफा मासु बिक्री बितरण गरिएको छ की छैन भनेर अनुगमन गरिएको पशु सेवा प्राबिधिक भाष्कर घिमिरेले जानकारी दिनुभएको छ । केही मासु पसलहरुलाई आवश्यक सरसल्लाह र मापदण्ड पुरा भएनभएको बारे अनुगमन गरी सोही अनुसारको निर्देशन समेत दिईएको छ । पहिलेको तुलनामा मासु पसलहरु ब्यवस्थित बनाईएको भएपनि अझै केही पसलहरुमा आवश्यक सुधार गर्नुपर्ने भेटिएकोले मासु काट्ने र बेच्ने ठाँउको अवस्था के कस्तो छ, सोको अनुगमन गर्दै अनुगमन टोलीले उपभोक्तालाई स्वच्छ र गुणस्तरयुक्त मासु बिक्रीबितरण गर्नतर्फ सजग गराएको हो ।

मासु ब्यवसायीहरुले पनि अनुगमन गर्नु राम्रो भएको बताउदै ब्यवसायमा कहीकतै देखिएका कमजोरीलाई हटाउदै लैजाने बताएका छन । साथै केही ब्यवसायीले गाँउपालिकाबाट प्राप्त हुने अनुदान प्राप्त नगरेका ब्यवसायीलाई उपलब्ध गराउन पनि आग्रह गरेका छन ।

पशु बिकास अधिकृत कृष्णप्रसाद भट्टराई , पशु सेवा प्राबिधिक भाष्कर घिमिरे, नेत्र प्रसाद अधिकारी, ईलाका प्रहरी कार्यालय थकालीचोकका प्रहरी निरिक्षक ईन्द्रप्रसाद चौधरी , सञ्चारकर्मी लगायतको उपस्थितीमा अनुगमन तथा निरिक्षण गरिएको हो ।

सम्बन्धित् समाचार