रुपन्देहीको कञ्चन गाँउपालिकामा सञ्चालित मासु पसलहरुको आज अनुगमन तथा निरिक्षण गरिएको छ । पशु सेवा शाखा कञ्चन गाँउपालिकाको आयोजनामा वडा नंबर ३, ४ र ५ भित्र सञ्चालित गरगरेदेखी हरैयासम्मका बिभिन्न मासु पसलहरुमा अनुगमन गरिएको हो ।
स्वच्छ , सफा र स्वस्थ मासु उपभोक्ताले उपभोग गर्न पाएका छन कि छैनन , अर्थात उपभोक्तालाई स्वच्छ र सफा मासु बिक्री बितरण गरिएको छ की छैन भनेर अनुगमन गरिएको पशु सेवा प्राबिधिक भाष्कर घिमिरेले जानकारी दिनुभएको छ । केही मासु पसलहरुलाई आवश्यक सरसल्लाह र मापदण्ड पुरा भएनभएको बारे अनुगमन गरी सोही अनुसारको निर्देशन समेत दिईएको छ । पहिलेको तुलनामा मासु पसलहरु ब्यवस्थित बनाईएको भएपनि अझै केही पसलहरुमा आवश्यक सुधार गर्नुपर्ने भेटिएकोले मासु काट्ने र बेच्ने ठाँउको अवस्था के कस्तो छ, सोको अनुगमन गर्दै अनुगमन टोलीले उपभोक्तालाई स्वच्छ र गुणस्तरयुक्त मासु बिक्रीबितरण गर्नतर्फ सजग गराएको हो ।
मासु ब्यवसायीहरुले पनि अनुगमन गर्नु राम्रो भएको बताउदै ब्यवसायमा कहीकतै देखिएका कमजोरीलाई हटाउदै लैजाने बताएका छन । साथै केही ब्यवसायीले गाँउपालिकाबाट प्राप्त हुने अनुदान प्राप्त नगरेका ब्यवसायीलाई उपलब्ध गराउन पनि आग्रह गरेका छन ।
पशु बिकास अधिकृत कृष्णप्रसाद भट्टराई , पशु सेवा प्राबिधिक भाष्कर घिमिरे, नेत्र प्रसाद अधिकारी, ईलाका प्रहरी कार्यालय थकालीचोकका प्रहरी निरिक्षक ईन्द्रप्रसाद चौधरी , सञ्चारकर्मी लगायतको उपस्थितीमा अनुगमन तथा निरिक्षण गरिएको हो ।