उमेश बि.क / नवलपरासी , ९ असाेज / नवलपरासीको प्रतापपुर गाउँपालिका क्षेत्र भित्रका अपांगता भएका ब्यक्तिहरुलाई परिचय पत्र बितरण सम्बन्धि २ दिने घुम्ती शिबिर कार्यक्रम सम्पन्न भएको छ। अपांगता समन्वय समितिकाे अायाेजना तथा प्रतापपुर गाउँपालिकाकाे सहयोगमा उक्त अपांगता भएका ब्यक्तिहरुका लागि २ दिने घुम्ती शिबिर कार्यक्रम सम्पन्न भएको हाे।
प्रतापपुर गाउँपालिकाकाे उपाध्यक्ष अन्जु कुमारी चाैधरीकाे संयाेजकत्वमा भएको अपांगता भएका ब्यक्तिहरुका लागि २ दिने घुम्ती शिबिर वडा नं १ देखि ९ सम्मका विभिन्न प्रबृतिका अपांगता भएका ब्यक्तिहरुलाई अपांगता परिचय पत्र “क वर्ग पुुुुर्ण अशक्त अपांगता १५ जना , ख वर्ग अतिअशक्त अपांगता ६२ जना ,ग वर्ग मध्यम अपांगता २६ जना ,घ वर्ग सामान्य अपांगता १० जना गरि कुल ११३ जनालाई कार्ड वितरण गरिएको छ। कार्यक्रममा बाेल्दै प्रतापपुर गाउँपालिका उपाध्यक्ष चाैधरीले अपांगता भएका नागरिक समाजका सवै भन्दा पछाडी परेका र अपांगता भएका नागरिकलाई राज्यले दिएका अधिकार पुर्ण रुपमा कार्यान्वयन गराउन अपांता भएका ब्यक्तिहरुको हक अधिकार संरक्षण र प्रवर्धन गर्ने हेतुले उक्त कार्ड वितरण गरिएको हाे। र गाउँपालिकामा अपांगता भएका नागरिकलाई पहिलो प्राथमिकतामा राखेको बताइन।