गृहपृष्ठ खबर बिश्व पर्यटन दिवसकाे अवसरमा रामग्राम स्तुप सरसफाइ

बिश्व पर्यटन दिवसकाे अवसरमा रामग्राम स्तुप सरसफाइ

प्रकाशित मिति:

 

उमेश बि.क / नवलपरासी , असोज /

पश्चिम नवलपरासीको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल रामग्राम स्तुपमा बिश्व पर्यटन दिवसकाे अवसरमा सरसफाइ तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल युवा परिषदद्वारा आयोजित बृहत सरसफाई तथा नेपाल पर्यटन पत्रकार महासङ्घ जिल्ला शाखा नवलपरासीकाे आयोजनामा “रामग्राम स्तुपको विकास र पर्यटन प्रवद्र्धनमा सरोकारवालाको भूमिका” विषयक अन्र्तक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ।

परिषदका संयोजक कृष्ण पाण्डे र नेपाल पर्यटन पत्रकार महासंघका जिल्ला अध्यक्ष नारायण भण्डारीको संयुक्त अध्यक्षतामा तथा रामग्राम नगरपालिकका प्रमुख नरेन्द्र गुप्ताकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै रामग्राम नगरपालिका प्रमुख गुप्ताले नगरपालिकाले स्तुपको देशविदेशमा प्रवद्र्धन गर्ने र स्तुप क्षेत्रभन्दा बाहिरको भागमा अन्य संरचनाहरु निमार्णमा जोड दिईरहेको बताउनुभयो ।

“बुद्ध धर्मावलम्बीले गौतमबुद्ध जीवितै रहेको स्थल भनेर महत्वका साथ मान्दै आएको यो स्थल हाम्रो मात्रै होइन अन्तरराष्ट्रिय सम्पत्ति हो, यसलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएर विश्वसम्पदा सूचीमा समावेश गर्नुपर्छ”, प्रमुख गुप्ताले भन्नुभयो । यहाँको आवश्यक विकासका लागि स्थानीय सरकार प्रतिवद्ध भएर लागिरहेको बताउँदै नगर प्रमुख गुप्ताले आफू चीन, कोरिया लगायतका देशमा पुगेर रामग्रामको प्रचार गर्दै यहाँ भ्रमण गर्न निम्तो पनि दिने गरेको बताउनुभयो ।

लुम्बिनी विकास कोषले स्तुपको विकासका लागि गुरुयोजना बनाएर नगरपालिकालाई हस्तान्तरण गरेको बताउनुभयो । नगर प्रमुख गुप्ताले रामग्राम स्तुपमा अन्र्तराष्ट्रिय प्रर्दशनी आयोजना गर्ने र लगानी भित्राउने तयारी पनि भईरहेको जानकारी दिनुभयो ।

त्यस्तै नवलपरासी उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले रामग्राम स्तुपको तीव्र रुपमा विकास हुन विश्व सम्पदा सूचीमा समावेश हुनुपर्ने नै प्रमुख शर्त रहेको बताउनुभयो । लुम्बिनी विकास कोषले लुम्बिनीलाई केन्द्रमा राखेर विकास गर्दा यहाँसम्म बजेट आउन नसकेको भन्दै रामग्रामको लागि वर्षैेनी निश्चित बजेट विनियोजनको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

विश्व सम्पदा सूचीमा समावेश नगरेसम्मम विकासले तीव्रता नपाउने सरोकारवालाहले बताएका छन् । नेपाल सरकारले पहिलो प्राथमिकता दिएर यसलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्नुपर्नेमा जोड उनीहरुको जोड थियो ।

कार्यक्रममा बुद्ध धर्मका अनुयायी कुलबहादुर रानाले स्तुपको महत्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रम अघि उजैनी चोकबाट रामग्राम स्तुपसम्म र स्तुप क्षेत्र परिसरमा युवा परिषदको नेतृत्वमा बृहत सरसफाई गरिएको थियो ।

बुद्धको अस्तुधातु राखिएका विश्वका आठ स्तूपमध्ये उत्खनन् नभई अस्तु सुरक्षित रहेको एकमात्र स्तूप रामग्राम हो । करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ ।

बौद्ध ग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थि धातुको सङ्ज्ञा दिएको भन्ने भनाइ पाइन्छ ।

नेपाल भ्रमण बर्ष सफल पार्ने उदेश्यले यो अभियानलाई निरन्तरता दिदै धार्मिक क्षेत्रहरुमा पनि सरसफाई गरिएको र समय समयमा सरसफाईका कार्यक्रम हुने गरेका थिए तर बिश्व पर्यटन दिवसको अवसरमा गरिएको सरसफाईले आन्तरिक तथा बाहृय पर्यटन भित्राउन त्यस ठाउँको प्रचार प्रसारमा समेत टेवा पुग्ने परिषदका संयोजक कृष्ण पाण्डेले बताउनु भयो ।

समाज सफा र सुन्दर बनाउने अभियानमा आफुहरु लागेको र सोही अभियान अन्तर्गत सरसफाई कार्यक्रम गर्दै आयको अर्का युवा अभियान्ता रन्जित शर्माले बताए । स्तुप सरसफाईलाई निरन्तरता दिनका लागि आवश्यक कुचो, डस्विन समेत शुक्र्रवार हस्तान्तरण गरिएको छ ।यस अघि उनिहरुले देशका विभिन्न स्थानहरुमा सरसफाई अभियान संचालन गर्दै आईरहेका थिए ।

सम्बन्धित् समाचार