गृहपृष्ठ खबर दुर्घटना ग्रस्त क्षेत्र बन्दै सरावल स्थित महेशपुर भुतहा सडक खण्ड

दुर्घटना ग्रस्त क्षेत्र बन्दै सरावल स्थित महेशपुर भुतहा सडक खण्ड

प्रकाशित मिति:

 

उमेश बि.क / नवलपरासी , ११ असाेज /

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ सरावल स्थित महेशपुर भुतहा सडक खण्ड दिनप्रतिदिन दुर्घटना ग्रस्त क्षेत्र बन्दै गइरहेको छ।

महिनामा करिब १०/१५ अाेटा गाडि अनियन्त्रित तथा दुर्घटना हुने भईरहेकाे छ । सडक कालाेपत्रे भएपनि बिचबिचमा सडक फुटेको र गाडि चालक गाडि अाफ्नै सुरमा चलाइरहदा त्यस ठाउमा अाउदा बाटाेकाे खाल्टाेमा परि गाडि अनियन्त्रित तथा दुर्घटना भइरहेको र त्यस स्थानमा मृत्युु समेत भएको स्थानीयले बताएका छन। सवारी चालक झुक्किने हुँदा सो क्षेत्रमा दिनहुँजसो दुर्घटना बढ्न थालेको छ ।

पछिल्लो समय सो स्थान सर्बाधिक दुर्घटना ग्रस्त क्षेत्रका नाउंले चिनिन थालेको छ । सवारी दुर्घटना न्युनीकरण एवम तिव्र गति नियन्त्रणका लागि गाउँपालिकाबाट खाशै पहल नभएको भन्दै स्थानीय बासिन्दाले गुनासो ब्यक्त गरेका छन।

सम्बन्धित् समाचार